🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भियतनाममा हुने अन्तर्रास्ट्रिय  रोबोट प्रतियोगितामा बलियो दाबेदार  नेपाली रोबोटको पूर्व प्रदर्शनी 

काठमाडौँ, १९  साउन। साउन १८ गते रोबोटिक्स क्ल्ब पुल्चोक क्याम्पसद्वारा आयोजित अन्तर्रास्ट्रिय  रोबोट प्रतियोगिता ‘ABU ROBOCON 2018-NEM CON- The Festival Wishing Happiness and Prosperity” का लागि रोबोट प्रदर्शन सफलतापूर्वक एवं उत्साहपूर्वक सम्पन्न भएको छ। 

\"\"

हरेक वर्ष झैँ यस वर्ष पनि एसिय प्रशान्त क्षेत्रका चीन, जापान, इजिप्ट, रूस लगायतका बिभिन्न २० राष्ट्रहरुको सहभागितामा, आगस्त २५  २०१८मा भियतनामको निङबिङमा आयोजना हुने  अन्तर्रास्ट्रिय रोबोट प्रतियोगितामा नेपालले पनि आफ्नो दह्रो उपस्थिति जनाउन गइरहेको छ। यसैको प्रतियोगिताको पूर्वावलोकनको रुपमा यो प्रदर्शनी गरिएको छ ।

ईन्जिनियरिङ अध्ययन संस्था पुल्चोक क्याम्पसको रोबोटिक्स क्ल्बबाट नेपालको प्रतिनिधित्व गर्दै १६ विद्यार्थीहरुको समूह प्रस्थान गर्दैछ।

एक स्वचालित र एक मानव सञ्चालित रोबोट रहने यस प्रतियोगितामा रोबोटहरुले  सहकार्य गरी कपडाका गोलाहरुलाई पोलमा रहेको गोलो घेराभित्र छिराउन पर्नेछ। यसअघिका प्रतियोगिताहरुमा पनि दक्षिण एसियाकै उत्कृष्ट प्रदर्शन गर्दै आएको  र बिभिन्न समयमा विभिन्न अवार्डहरू जितेको नेपाली टोली समक्ष यसपालि प्रतियोगितानै जित्नपर्ने चुनौती  पनि रहेको छ। 

 यसै प्रायोजनका लागि आयोजित रोबोट प्रदर्शनीमा ई. अ. सं. का डीन प्रा. डा. त्रीरत्न बज्राचार्यले शुभकामना साथै प्राज्ञिक क्षेत्रमा अनुसन्धानको महत्वमा प्रकाश पारेका थिए  । करीब ३०० दर्शकको उपस्थितिमा भएको प्रदर्शनीमा नेपालले १ मिनेटमा निर्धारित कार्य सम्पन्न गरेर यसपटकको प्रतियोगितामा बलियो दाबेदारी  प्रस्तुत गरेको छ।