🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मृगौला पीडित गंगालाल नकाललाई जापान बाट आर्थिक सहयोग 

साउन १६, जापान । जापानमा बसोबास गर्दै आइरहेको रुकुमेलीहरुको संस्था रुकुमेली समाज जापानले पश्चिम रुकुमको सानीभेरी गाउँपालिका वडा. नम्बर ३ गरायलाका मृगौला पिडित गंगालाल नकाललाई आर्थिक सहयोग संकलन गरेको छ । संस्थाका बरिष्ठ उपाध्यक्ष प्रिन्स पुन मगर ,महासचिव लोकेन्द्र बाँठा मगर र कोषाध्यक्ष प्रशान्त ओलीको संयोजकत्वमा ४१ हजार रकम संकलन गरिएको हो । 

पिडितको आर्थिक स्थिति पनि कमजोर रहेको र आफैले उपचार खर्च जुटाउन नसके पछि एबिसी टेलिभिजनबाट प्रशारण हुने इन्द्रेणी कार्यक्रममा गंगालाल नकालको बिषयलाई उठाएको थियो । 

सोही कार्यक्रम हेरेर जापानमा बसोबास गर्दै आएका रुकुमेलीहरुले सहयोग संकलन गरि इन्द्रणी कार्यक्रम संचालक कृष्ण कंडेललाई रकम पठाएको समाजका बरिष्ठ उपाध्यक्ष प्रिन्स पुन मगरले बताए । साथै रुकुमेली समाज जापानले पछिल्लो  दिनहरुमा पनि यस्तै सहयोगहरु जारि राख्ने पनि बताए । यो संस्था गत बर्ष मात्रै गठन भएको हो ।