बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह स्थित शर्मा गल्लीबाट २०८० असार २८ गते सशस्त्र प्रहरीले २० लाख नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
सोही उपमहानगरपालिकाको जयसपुर बस्ने २० वर्षीय सोहेल कुरेशीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहले उल्लेखित रुपैयाँ सहित नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका कुरेशी चढेको मोटरसाईकल चेक जाँच गर्ने क्रममा चालक भने मोटरसाईकल सहित भागेका थिए । मोटरसाईकल पछाडी बसेका कुरेशीले बोकेको सो रकमको श्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका कुरेशीलाई बरामद रुपैयाँ सहित आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको छ ।



