🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गुणस्तरहीन र आँखा छलेर काम गर्ने ठेकेदारमाथि उपमेयरको एक्सन

महोत्तरी, २७ असार । महोत्तरीको गौशाला नगरपालिकामा अनुगमन नभएका र कागजात नपुगेका योजनामा उमेयरले अंकुश लगाएकी छन् । योजना सम्पन्न गरेता पनि कतिपय फाइल नपुगेको र अनुगमन नगरेको भन्दै सम्पन्न भएका योजनामाथि समेत भुक्तानी रोक्न निर्देशन दिएकी हुन् ।  बजेट सक्ने उदेश्यले रातारात गरेका कतिपय काम अनुगमनका क्रममा चित्त नबुझेको हुनाले भुक्तानी रोकिदिने निर्णय गरेको उपमेयर रेणु कुमारी महतोले बताइन् ।

यही विषयलाइ लिएर उनले गरेको निर्णय गौशला नगरपालिकामा चर्चाको विषय बनेको छ । काम नगरी बजेट पचाउने योजनाका ठेक्केदारलाइ ठिकै भएको कतिपयले प्रतिक्रिया दिएका छन् भने  कतिपयले काम सकिएपछि गरिएको यो निर्णय पूर्ण पुर्वाग्राही भएको तर्क गरेका छन् ।

पत्रमा योजना साखामा अपुरो फाइलको विषयमा पटकपटक ताकेता गर्दा पनि उपलब्ध नगराएपछि शंका लागेर भुक्तानी रोक्नुपरेको समेत उपमेयर महतोको भनाइ छ । अनुगमन समितिको आफू संयोजक भएतापनी कतिपय योजनामा  हस्ताक्षर नभएको बताउँदै अनुगमनविनाको योजनामा गुपचुप भुक्तानी दिन  नसकिने उपमेयर महतोको तर्क छ ।

यता अनुगमन गर्न र फाइल उपलब्ध नगराएको विषयमा कर्मचारीले आपत्ती जनाएका छन् । अनुगमन अपुरो भएका योजनामा ऐन, कानुनअनुसार बर्जित भएता पनि भुक्तानी प्रक्रियामा जानु दुखद भएको कतिपय स्थानीयको तर्क छ ।

कर्मचारीलाई दिएको आन्तरिक निर्देशनलाई लिएर उनीहरूले उपमेयरविरुद्ध  सामूहिक विज्ञप्ति समेत निकालेका छन् । उनीहरूले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, 'उपमेयरले दिएको आदेशप्रती साखाका सम्पुर्ण कर्मचारी घोर भत्सर्ना गर्दछौ ।'

उपमेयरले कर्मचारीलाई लगाएको आरोप झुट भएको पनि उनीहरूले उल्लेख गरेका छन् । प्रावधिक नापजाँच सम्पन्न गरेर सम्पन्न योजनालाइ नियमअनुसार नै अन्तिम समयसिमाभित्र भुक्तानी दिने प्रक्रियामा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तर स्थानीय सरकार संचालन ऐनअनुसार कुनै पनि योजना सम्पन्न भएपछि उपमेयरको अनुगमन भएपछी मात्र भुक्तानी दिनुपर्ने उल्लेख छ ।