🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बाइडेनले बेलायती राजाकाे ढाडमा हात राखे पछि विवाद, शाही प्रोटोकल तोडेको आरोप

लन्डन, २६ असार । अमेरिकी राष्ट्रपति जो बाइडेन अहिले युरोप भ्रमणमा छन् । यस क्रममा उनले विन्डसर क्यासलमा राजा चार्ल्स तृतियालाई पनि भेटे।

राजा चार्ल्स तृतीयले पनि अमेरिकी राष्ट्रपतिलाई न्यानो स्वागत गरे। यसै क्रममा केही भयो, जसको अहिले चर्चा भइरहेको छ । मानिसहरूले त्यसलाई शाही प्रोटोकलको उल्लङ्घन भनेका छन्।

वास्तवमा जब अमेरिकी राष्ट्रपति सुरक्षाको एस्कॉर्टको साथ "द बिस्ट" भनेर चिनिने आफ्नो आधिकारिक गाडीमा विन्डसर क्यासल आइपुगे। यहाँ राजा चार्ल्स तृतियाले हात जोडेर स्वागत गरे। त्यसपछि दुवै देशको राष्ट्रिय गान बजाइएको थियो । राजासँगै अमेरिकी राष्ट्रपतिले वेल्श गार्डको पनि निरीक्षण गरेका थिए ।

तर विवाद त्याे बेला उत्पन्न भयो जब जो बिडेनले राजा चार्ल्सको पीठमा आफ्नो हात राखे। अहिले उनलाई यही आरोप लागेको छ कि त्यसो गरेर उनले शाही प्रोटोकल तोडेका छन् किनकी उनी राजा हुन् । उनकाे पिठँमा हात राख्न मिल्दैन, सुहाउँदैन ।

यद्दपी, बकिंघम प्यालेस स्रोतले यसलाई व्यक्ति र देश दुबैको विगतको न्यानोपन र स्नेहको प्रतीकको रूपमा वर्णन गरेको छ। दरबार स्रोतहरूले भने कि राजा चार्ल्स जो बिडेनले राजाको पीठ छोएकोमा पूर्ण रूपमा सहज नै थियाे । यो दुई व्यक्ति र तिनीहरूका राष्ट्रहरू बीचको न्यानोपन र स्नेहको कस्तो अद्भुत प्रतीक थियो, स्रोतले भन्यो। प्रोटोकल अनुसार भएको पनि उनले बताए ।

राजा बनेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनसँग चार्ल्स तृतीयको यो पहिलो औपचारिक भेट थियो । सो क्रममा दुवै नेताबीच जलवायु परिवर्तनविरुद्धको लडाइँबारे छलफल भएको थियो । यससँगै यसको समाधानका लागि जलवायु वित्त परिचालन मञ्चसँग पनि छलफल भएको थियो ।