🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्रीले कमजोरी स्वीकारेर संसदलाई सम्बोधन गर्नेगरी तीन दलको बैठक सकियो

संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले कमजोरी स्वीकार गरी संसदलाई सम्बोधन गर्नेगरी शीर्ष तीन राजनीतिक दलका नेताहरुको बैठक सकिएको छ । सिंहदरबारमा बसेको नेपाली काँग्रेस, नेकपा एमाले र प्रधानमन्त्री पुष्पकमल दाहाल बीचको बैठकले प्रधानमन्त्रीलाई दाहाललाई पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिबारे स्पष्ट पार्न दिनेगरी बैठक सकिएको हो ।

बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालबीच बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिका बारेमा स्पष्ट पार्ने सहमति भएको बताइएको छ । प्रधानमन्त्रीले कमजोरी स्वीकार्ने र एमालेले संसद अवरोध नगर्ने सहमति जुटेको बताइएको छ । प्रतिनिधि सभाको बैठक ३ बजेबाट शुरु हुँदैछ ।