आषाढ २२, २०८० शुक्रबार
नेपाली कांग्रेसकाे पार्टी केन्द्रीय कार्यालय सानेपामा २०८० असार २१ गते बिहीवारदेखि बसेको पार्टी जिल्ला सभापतिहरुको बैठक १४ बुँदे आपसी प्रतिवद्धता व्यक्त गर्दै २०८० असार २२ गते शुक्रवार सम्पन्न भएको छ । बैठकमा जिल्ला सभापतिहरुले पार्टी संगठनको गतिशीलतामा जोड दिएका छन् । बैठक समापन पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरुको बैठकपछि संगठनका कामलाई तिब्रता दिनका लागि नेताहरुमा ऊर्जा पैदा भएको बताउनु भयो ।
यो जिल्ला सभापतिहरुले गर्नुभएको आपसी प्रतिवद्धता हो । संगठनको सन्दर्भमा जिल्लाको नेतृत्वलाई व्यवस्थित कसरी गर्ने ? भातृ संगठनहरु व्यवस्थित कसरी गर्ने ? जिल्ला सम्मेलनहरुको सन्दर्भमा के गर्ने ? विदेशमा रहेका आफ्ना जिल्लाका साथीहरुलाई सम्पर्क गर्ने सन्दर्भमा के गर्ने ? काठमाडौँमा रहेकालाई व्यवस्थित गर्ने कुरामा के गर्ने ?, प्रशिक्षणको सन्दर्भमा के गर्ने ? लेविको सन्दर्भमा के गर्ने ? विविध विषयमा उहाँहरुको आन्तरिक प्रतिवद्धता छ, यो नितान्त आन्तरिक छ ।
यसले पार्टीको गतिशीलतालाई बढाउने बताउनु भयो । उहाँले जिल्ला सभापतिहरुले १४ बुँदे आपसी प्रतिवद्धता गरेका भन्दै सो प्रतिवद्धतालाई बुँदागत रुपमा बाहिर नल्याइएको बताउनु भयो । यद्यपि सो बुँदाभित्र पार्टी र भ्रातृ संगठनहरुलाई व्यवस्थित गर्ने, जिल्ला सम्मेलनहरुको सम्बन्धमा र देश विदेशमा रहेका पार्टी समर्थक तथा शुभचिन्तकहरुलाई संगठित गर्ने लगायतका विभिन्न विषयमा जिल्ला सभापतिहरुको प्रतिवद्धता रहेको उहाँले जानकारी गराउनु भयो ।
उहाँले भन्नुभयो – ‘संगठनमा गतिशीलता बढ्नुप¥यो । सारमा उहाँहरुको अपेक्षा त्यही छ । प्रायः जिल्लाहरुले काममा एक ढंगले गति दिएको अवस्था छ । तर यो छलफल पछाडि जुन गति पहिला थियो त्योभन्दा दोब्बर गतिमा काम गर्ने कुरामा बढेर जान्छ । यो ऊर्जा केन्द्रीय समितिको बैठकले गरेका निर्णाय, त्यसपछि जब हामी राष्ट्रव्यापी रुपमा अभियानमा पुग्छौँ त्यसपछि यसले राम्रो गतिशीलताका साथ अगाडि बढ्छौँ ।
यो जिल्ला सभापतिहरुले गर्नुभएको आपसी प्रतिवद्धता हो । संगठनको सन्दर्भमा जिल्लाको नेतृत्वलाई व्यवस्थित कसरी गर्ने ? भातृ संगठनहरु व्यवस्थित कसरी गर्ने ? जिल्ला सम्मेलनहरुको सन्दर्भमा के गर्ने ? विदेशमा रहेका आफ्ना जिल्लाका साथीहरुलाई सम्पर्क गर्ने सन्दर्भमा के गर्ने ? काठमाडौँमा रहेकालाई व्यवस्थित गर्ने कुरामा के गर्ने ?, प्रशिक्षणको सन्दर्भमा के गर्ने ? लेविको सन्दर्भमा के गर्ने ? विविध विषयमा उहाँहरुको आन्तरिक प्रतिवद्धता छ, यो नितान्त आन्तरिक छ ।
त्यसकारण जिल्ला सभापतिजीहरुले नितान्त आन्तरिक रुपमा गरेको प्रतिवद्धता छ त्यसको साक्षी मात्रै केन्द्रीय कार्यालय र दुईवटा महामन्त्री बसेका छौँ । उहाँहरुले गरेका निर्णय वक्तव्यका रुपमा पनि सार्वजनिक हुँदैछन ।’ उहाँले जिल्ला सभापतिहरुको बैठकलाई पार्टी केन्द्रीय कार्यालयले नियमित रुपमा गर्ने बताउनु भयो ।