🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राहुल गान्धीकाे सांसद पद खाेसिएकाे मुद्दामा आज फैसला सुनाइदै

गुजरात, २२ असार । मोदी उपनाम मुद्दामा राहुल गान्धीको दुई वर्षको जेल सजाय यथावत रहने वा राहत पाउने भन्ने निर्णय आज शुक्रबार हुदैँछ । गुजरात उच्च अदालतले आज बिहान ११ बजे फैसला सुनाउन लागेकाे छ।

गत २३ मार्च २०२३ मा सूरतको सत्र अदालतले राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको थियो । तर, यो फैसलाको २७ मिनेटपछि उनले जमानत पाएका थिए । त्यसको भोलिपल्ट २४ मार्च दिउँसो २ः३० बजे उनकाे सांसद पद गएकाे थियाे ।

राहुलले उक्त निर्णयमा पुनर्विचार गर्न सुरत अदालतमा रिभ्यु पिटिशन दायर गरेका थिए तर अदालतले त्यसको सुनुवाइ गर्न अस्वीकार गरेको थियो। यसपछि राहुल गान्धीले २५ अप्रिलमा गुजरात हाईकोर्टमा रिभ्यु पिटिशन दायर गरेका थिए । त्यसपछि मइ २ मा उच्च अदालतले यस विषयमा फैसला सुरक्षित राखेको थियो ।

अब के हुन्छ ? याे सर्बत्र चासाेकाे बिषय बनेकाे छ । यदि राहुलले यस मामलामा राहत पाए भने उनको सांसद पद पुनर्स्थापित हुनेछ र उनी २०२४ को लोकसभा चुनाव लड्न सक्षम हुनेछन् । त्यसो भएन भने ८ वर्षसम्म चुनाव लड्न पाउँदैनन् ।

२०१९ मा राहुल गान्धीले कर्नाटकको विधानसभामा मोदी उपनामको बारेमा बयान दिए। उनले भनेका थिए, 'किन सबै चोरको थर मोदी हुन्छ ?' यसपछि गुजरातका भाजपा विधायक पूर्णेश मोदीले राहुलविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए । साे मुद्दामा उनलाइ दाेषी ठहर गरेकाे थियाे ।