🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

न्यायिक समितिमा सुँगुर, बंगुरले दुर्गन्ध फैलाएको मुद्दा

ललितपुर, १० साउन (रासस) : ललितपुर महानगरपालिका बस्तीनजिक सुँगुर, बुंगुरलगायतका जनावर पाल्दा दुर्गन्ध फैलिएको भन्दै मुद्दा आउन थालेका छन् । 

महानगरपालिकाका उपप्रमुखको अध्यक्षतामा रहने न्यायिक समितिमा बंगुरलगायतका पशु पाल्दा विभिन्न खालका प्रदूषण फैलिएको भन्दै स्थानीयवासीले मुद्दा हाल्न थालेका हुन् । 

महानगरपालिकामा सबैभन्दा बढी प्रदूषणसम्बन्धी मुद्दा आइरहेको न्यायिक समिति सदस्य ज्ञानभक्त डंगोलले बताए । बस्तीका बीचमा वा बस्तीका नजिकका स्थानमा पशुपालन गर्दा त्यहाँ दुर्घन्ध फैलिनेसँगै पानीमा फोहोर मिसिएको भन्ने स्थानीयवासीको गुनासो छ । यस्ता मुद्दा साबिक उपमहानगरपालिका क्षेत्रमा भन्दा साबिक गाविस क्षेत्रमा बढी छ । उनी भन्छन् , ‘हामीले मेलमिलाप हुनेमा गराउने र नहुनेमा मात्रै अदालत जान भन्छौँ ।’

महानगरपालिकामा दर्ता हुन आएका मुद्दामा समितिले राष्ट्रिय प्रदूषण मापन केन्द्रलाई मापन गर्न लगाएर र आफूले पनि स्थलगत निरीक्षण गरेर मात्रै सुनुवाइ गर्दै आएको छ । 

न्यायिक समितिमा पशु बधस्थलका कारण प्रदूषण फैलिएको भन्दै मुद्दा पर्न थालेको छ । समितिको सातामा दुई दिन बैठक बसेर सुनुवाइ गर्दै आएको छ । पारिवारिक बेमेल, छिमेकमा रहेका विवादसमेत आउन थालेको समितिले जनाएको छ ।