🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आत्मघाती हमलामा मृत्यु हुनेको संख्या १५० नाघ्यो

बेरुत, ९ साउन : सिरियाको दक्षिणी क्षेत्रमा बुधबार भएको आत्मघाती हमलामा परी मृत्यु हुनेहरूको संख्या १५० नाघेको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले दिएको जानकारीअनुसार दक्षिणी स्वेदा प्रान्तमा भएको घटनामा परी मृत्यु हुनेको संख्या बढेको हो । घटनाका बारेमा इस्लामिक स्टेट (आईएस) ले जिम्मेबारी लिएको छ ।

आक्रमणकारीहरूले तीन वटा आत्मघाती आक्रमणको योजना बनाएको अनुगमनकर्ताहरूले बताएका छन् । उनीहरूका अनुसार ती आत्मघाती हमलाहरूमा परी १५६ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ६२ जना आम नागरिक रहेका छन् ।

पछिल्लो समयमा भएका घटनाहरूमध्ये यो आक्रमण सबैभन्दा ठूलो र दुःखदायी भएको बताइएको छ । सिरियाली सरकारको बलियो प्रभाव रहेको दक्षिणी प्रान्त स्वेदामा भएको यस विस्फोटबाट कैयौँ क्षेत्र प्रभावित भएको ‘द सिरियन अब्जरभेटरी अफ ह्युमन राइट्सले जनाएको छ ।