🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कौशी थिएटरमा ‘मिस्टर फक्स एण्ड दी स्कूल ब्वाई’ 

काठमाडौं, ८ साउन –बालबालिका र जनावरबीचको मनोवैज्ञानिक सम्बन्धमा आधारित नाटक ‘मिस्टर फक्स एण्ड दी स्कूल ब्वाई’ कौशी थिएटरमा मञ्चन हुँदैछ । ‘मिस्टर फक्स एण्ड दी स्कूल ब्वाई’ साउन ८ गते (मंगलबार)बाट आगामी साउन १३ गतेसम्म मञ्चन हुने छ ।

नाटकमा बालबालिका र प्रकृतिबीचको सम्बन्धलाई प्रस्तुत गरिएको छ । नाटकको संयोजन एवं निर्देशनचे शंकरले गरेका छन् । 
निर्देशक चे शंकरका अनुसार, प्राकृतिक एवं ऐतिहासिक सम्पदाहरू जोगाउन पहल गर्ने तथा जीवजन्तुहरुको संरक्षणमा मानिसको दायित्व उजागर गर्ने उद्देश्यसहित नाटक तयार गरिएको हो । 

‘बालबालिकाहरूको जनावरप्रतिको दृष्टिकोणलाई बदल्ने मेरो प्रयास हो,’ उनले भने, ‘यस प्रकारका कलात्मक सिर्जनाले नवीनतम् सन्देश प्रवाह गर्न सक्छ ।’

बढ्दो शहरीकरणका कारण जनावरहरूले आफ्ना बासस्थान गुमाइ राखेको उल्लेख गर्दै निर्देशक चे शंकरले यस विषयमा बालबालिकामा जागरण पैदा गर्न प्रयास गरिएको प्रष्ट पारेका छन् ।

नाटकमा उमेश पोखरेल र दीपेन्द्र शाहीको मुख्य अभिनय रहेको छ । गार्डेन थिएटरको उत्पादन एवं निर्माण रहेको नाटकमा प्रकाश व्यवस्थापनको जिम्मेवारी दिलजङ गुरूङले पाएका छन् । साथै ध्वनि व्यवस्थापन प्रतीक केसीले गर्दैछन् ।