🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मेयर बालेनलाई बद्नाम गर्दै प्रमुख प्रशासकीय अधिकृत !

काठमाडौं । काठमाडौं महानगरपालिकामा प्रशासनिक सुधार र विकासका काम गर्ने हुटहुटीमा रहेका मेयर बालेन्द्र शाहलाई प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको कार्यशैली बाधक बनेको स्रोत बताउछ । उनको विगतको छवि र गलत काम गर्ने आदतमा रमाउँदा मेयर शाह नै बद्नाम हुनु परेको गुनासो बाहिर आउन थालेका छन । अधिकारी २०७९ भदौ १९ गते महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्म्ेवारी सम्हालेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट तत्कालीन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको जोडबलमा लोकनाथ पौडेललाई हटाएर उनी सरूवा भएका थिए ।

को हुन अधिकारी ?
  चितवन स्थायी घर भएका सहसचिव बसन्त अधिकारीले लोकसेवा आयोग बुटवलबाट २०५५ सालमा शाखा अधिकृत पास गरेका हुन् । उनी २०६३ मा उपसचिवमा बढुवा भएका थिए । उपसचिवमा बढुवा भएपछि उनी मनाङमा स्थानीय विकास अधिकारी भएका थिए । २०७४ सालमा सहसचिवमा बढुवा भएका अधिकारी केही समय प्रदेश नं ३ को अर्थ, योजना मन्त्रालयको सचिव बनेका थिए । २०७४ सालमा आम निर्वाचन सम्पन्न भएपश्चात नेकपा एमालेका नेता कैलाश ढुंगेल मन्त्री हुँदा उनले उक्त अवसर पाएका हुन् ।

  त्यसबेला प्रदेश मन्त्रालयलाई चाहिने आवश्यक फर्निचर, मसलन्द तथा स्टेशनरीलगायतका सामग्री मुख्यमन्त्रीको कार्यालयका प्रमुख सचिवले निर्णय गरी व्यवस्थापन गर्ने प्रचलन रहेको थियो । तर, बसन्त अधिकारीले भने प्रमुख सचिवसँग झगडा गरेर काठमाडौंको बागबजारबाट आफैंले फर्निचर खरिद गरी ढुवानी गरी लगेको बताइएको छ । उनले मन्त्रालय व्यवस्थापन  लागि सामग्री गर्दा मनपरी गरेको थाहा पाएर नेकपा विप्लव समूहका नेताहरूले कालोमोसो दलेर भाटे कारवाही गर्ने चेतावनी दिएको कर्मचारी स्रोत बताउछ । तर, बसन्त अधिकारीले विप्लव समूहको कारवाहीबाट जोगिनका लागि पाँच लाख चन्दा दिएको  स्रोतले जानकारी दिएको छ । आफूमाथि हुन लागेको कारबाहीलाई थामथुम पार्न र उम्किनका लागि उक्त रकम चन्दा दिएको जानकार स्रोत बताउँछ । त्यतिबेला मकवानपुरका सिडिओ चक्र बहादुर बुढा रहेको बताइएको छ ।

महानगरमा झन बद्नाम
अधिकारीले महानगरमा कानून विपरीतका दर्जनौं निर्णय गर्न लगाएर मेयर शाह र उपमेयर सुनिता डंगोलको बदनाम गराउदै आएको कर्मचारीहरु बताउछन । अधिकारीले कानूनले नदिएको मेयर उपमेयरलाई आवास सुविधा, महानगरलाई उपयोगी हुने शैक्षिक कार्यक्रममा अध्ययन गर्न कर्मचारीलाई छात्रवृत्ति सुविधा, विदेश भ्रमणमा १० लाखसम्मको वीमा सुविधाको व्यवस्था गरेका छन् । सरकारी पोशाक सुविधा बाहेक सांस्कृतिक पोशाक सुविधा दिने, प्रवक्तालगायत थप जिम्मेवारी र थप काम गर्दा कर्मचारीलाई थप भत्ता दिने निर्णय गराएर महानगरका कर्मचारी, मेयर र उपमेयर वडाध्यक्षहरुलाई खुसी पार्ने काम गर्दै आएका छन । उनको यो कार्यशैली र निर्णयको चौतर्फी विरोध हुँदै आएको छ । 

 अधिकारीले कानून विपरीत काम गर्न आफूले भनेको नमान्ने कर्मचारीलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेर १३ पन्ने भर्न लगाएका गुनासो पनि बाहिर आएका छन । यसरी अख्तियारमा उजुरी दिएर कर्मचारीलाई त्रसित र भयभित पारेर आफूले भने बमोजिम काम गराउन उनले बाध्य बनाउदै आएको आरोप लागेको छ । अधिकारीले वातावरण तथा सरसफाई, स्वास्थ्य, सुरक्षा, सामाजिक सुरक्षा, नक्सापास तथा इन्जिनियर, सहकारी, शिक्षा तथा खेलकुदलगायतका विकास र निर्माणका कार्यक्रम विभागबाट सम्पन्न गराइएका कामको भुक्तानी अगाडि कमिशन असुल्ने धन्दा सञ्चालन गर्दै आएका आरोप छ ।

  नयाँ अफिसका लागि टुक्रे बिलबाट करोडौं रूपैयाँका फर्निचर खरिदबाट पनि लाखौ कमिशन खाने प्रपन्च रचेको भन्दै उनको आलोचना हुँदै आएको छ । महानगरको वातावरण तथा सरसफाई विभागले दैनिक दर्जनौ सवारी साधनमा इन्धनको व्यवस्थापन, मर्मतसम्भार गर्ने काम गर्दै आएको छ । 

सरसफाई सामग्री र विषादी खरिद गर्ने कामसमेत यही विभागले गर्ने गरेको छ । उक्त कार्य गर्दा पनि अधिकारीले मिलेमतो गरी कमिशनमा नजर लगाउने गरेको गुनासो महानगरमा कार्यरत कर्मचारीले गरेका छन । महानगरका सवारी साधनहरूको पनि अधिकारीले व्यापक दुरुपयोग गर्दै आएको समाचार पनि बाहिर आएका छन् ।

निजी सचिव हुँदा दोहोरो जिम्मेवारी 
हृदयेश त्रिपाठी भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएको बखत उनी निजी सचिव रहेका थिए । अधिकारीमार्फत लगिएका कुनै पनि फाइलमा मन्त्री त्रिपाठीले आँखा चिम्लिएर तुरुन्तै काम गर्नु भनी सदर गर्ने गर्ने गरेको जानकार स्रोत बताउँछ । त्यति मात्र होइन, अधिकारी १० बजेदेखि १ बजेसम्म मन्त्री त्रिपाठीको निजी सचिवको भूमिका निर्वाह गर्ने र २ बजेदेखि ६ बजेसम्म ललितपुरको एकान्तकुनामा रहेको साना ठुला यातायात कार्यालय पुग्ने गर्दथे ।

उनले यातायात कार्यालय प्रमुखको समेतको दोहोरो जिम्मेवारी सम्हाल्दै आएका थिए । उनी सो यातायात कार्यालयमा नौ वर्ष कार्यालय प्रमुख भएर बस्दा कुस्त कमाउन सफल भएको जानकार स्रोतले बताएको छ । मन्त्री, सचिव र महानिर्देशक सबैलाई खुशी तुल्याएर ऐन, नियम विपरीत यतिलामो समय कार्यालय प्रमुख भएर ‘तर’ निजामती प्रशासनमा उनी मात्र एक शक्तिशाली कर्मचारी मानिन्छन् । 

घुस रकममा पनि बार्गेनिङ
  सेवाग्राहीसँग असुलेको रकमको ६० प्रतिशत भौतिक पूर्वाधार मन्त्रीलाई बुझाएर ४० प्रतिशत कर्मचारीहरूलाई पद अनुसार दामासाहीले बाँढ्ने प्रचलन रहेको थियो । त्यसमा उनले आँखा लगाएर मन्त्रीलाई ७० प्रतिशत र कर्मचारीलाई ३० प्रतिशत दिने व्यवस्था मिलाएको जानकारहरु बताउँछन् । रकम बुझेर मन्त्रीलाई ६० प्रतिशत मात्र बुझाएर आफैले १० प्रतिशत घुस रकम खल्तीमा हाल्ने गरेको त्यसबेला सानाठुला यातायात कार्यालय एकान्तकुनामा कार्यरत कर्मचारीले बताएका छन ।

पछि त्रिपाठी समान्य प्रशासन मन्त्री हुँदा पनि उनी नै चल्तापुर्जा रहेका थिए । कर्मचारीको खटनपटनमा उनको प्रत्यक्ष संलग्न हुँदा राम्रै अर्थोपार्जन गर्न सफल भएको समाचारस्रोत बताउँछ । राजेन्द्रप्रसाद श्रेष्ठ मन्त्री हुँदा उनले श्रेष्ठसँगको मिलेमतोमा अन्तर मन्त्रालय र स्थानीय तहमा कर्मचारी सरूवा गर्दा दर्जा अनुसार दर रेट नै तोकेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत, भन्सार, आन्तरिक राजस्व, राजस्व अनुसन्धान अधिकृत, कम्पनी रजिस्ट्रारको कार्यालयका कम्प्युटर अपरेटर, नासु र अधिकृत, उद्योग विभाग, यातायात, वैदेशिक रोजगार विभाग र कार्यालय सरूवा गर्दा पाँच लाखसम्म दर रेट कायम गरी अुल्न लगाएको पीडित कर्मचारीले बताउँदै आएका छन् । 

सरूवा माग्दै काठमाडौं आएका कर्मचारीसँग सेटिङ मिलाउन सामान्य प्रशासन मन्त्रालयभित्र र अगाडिको पार्किङमा बिचौलिया परिचालन गरेका थिए । वर्षाैं दुर्गम र पहाडी क्षेत्रमा बसेर दुःख पाएका कर्मचारीले मालदार र सुविधाजनक ठाउँमा सरूवा हुन रु. एक लाखदेखि पाँच लाखसम्म रकम बाध्यताबस बुझाएर सरूवा भएको बताउँदै आएका छन ।

महिला कर्मचारीप्रति गिद्दे नजर ! 
सुरा, सुन्दरी र पैसामा अति आशक्त रहेका उनी महिला कर्मचारीप्रति गिद्दे नजर लगाउन सिपालु रहेको जानकार स्रोत बताउँछ । सामान्यको कर्मचारी प्रशासन महाशाखामा रहँदा श्रीमान विदेश गएका, एकल महिला, सम्बन्ध विच्छेद भएका र विवाह गरेको लामो समयपश्चात वालबच्चा नभएका महिला कर्मचारीहरूलाई खोजेर उनीहरूले रोजेकै ठाउँमा सरूवा मिलाउने सो बापत शारीरिक सम्बन्ध गर्ने गरेको आरोप पनि उनीमाथि लाग्दै आएको छ ।

  अधिकारीको श्रीमती चितवनमै शिक्षिका रहेकी छिन । श्रीमती साथमा नहुँदा उनले महिला कर्मचारीमाथि कुदृष्टि राख्ने गरेको समाचार स्रोतको दावी रहेको छ । विदाको दिन प्राय उनी कि चितवन नत्र नगरकोट, ककनी, साँखु, धुलिखेललगायत ठाउँमा पुग्ने गरेको जानकार स्रोतले ठोकुवा गरेको छ । अहिले पनि उनी हिजो समान्य प्रशासन मन्त्रालयमा कार्यरत रहँदा रोजेकै ठाउँमा सरुवा गरेका महिला कर्मचारीको सम्पर्कमा पुग्ने गरेको उनी निकटस्रोतले बताएको छ ।

यस्ता विवादस्पद अधिकारीले काठमाडौं महानगरपालिकाका सोझा र केही गरांै भन्ने युवा जोस, जाँगर भएका कर्तव्यनिष्ठ मेयर र उपमेयरलाई फनफनी घुमाउदै आर्थिक अनियमिततामा फसाउन तल्लीन रहेको महानगरका कर्मचारीहरु बताउँछन् । उनीसँग सतर्क रहन महानगरका मेयर र उपमेयरलगायत कर्मचारीलाई नजिकबाट चिन्ने कर्मचारीहरूले सुझाव दिंदै आएका छन् ।