🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बालेन शाहको विशाल नेपाल र सीता हंगामा ! : प्रचण्डको समाजवादी मोर्चाको नौटंकी ? 

१) नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाउन लागेको नयाँ भवन महानगरपालिकाबाट नक्सा पास नगराई बनाउन थालेको भन्ने समाचार आएको छ । महानगरभित्र भवन निर्माण गर्दा महानगरबाट नक्सा पास गराउन आवश्यक हुन्छ । प्राधिकरणले नक्सा पास गराएर भवन बनाउन थालेको हो र जे जति संरचना बनेको छ त्यो सबै स्वीकृत नक्सा अनुसार नै बनेको छ भने प्राधिकरणले महानगरलाई नक्सा स्वीकृतिको प्रमाण देखाएर निर्माण कार्य जारी राख्न पाउनुपर्छ । 

होइन,  नक्सा स्वीकृत नगराई बनाउन थालेको हो र महानगरले नक्सा स्वीकृत गराएर मात्र भवन निर्माण गर्न मिल्छ भनेर निर्माणाधीन भवनमा ताला लगाइ दिएको हो भने महानगरको निर्णय कानून सम्मत छ र प्राधिकरणले त्यसको पालना गर्नुपर्छ । आफैले कानून मिचेर भवन बनाउन शुरु गर्ने र महानगरले नक्सा पास गराएर मात्र भवन बनाउन भन्दा उल्टै महानगर प्रमुखलाई स्पष्टीकरण सोध्ने र महानगर प्रमुखको हवाई यात्रामा रोक लगाउने प्रचार गर्ने काम गरेको हो भने  प्राधिकरणले ‘जो चोर उसैको ठूलो स्वर’ भनेजस्तो व्यवहार गरेको मान्नुपर्छ । 

 प्राधिकरणको तर्फबाट नक्सा पास नगराई भवन बनाउने काम भएको हो भने प्राधिकरणका कुन पदाधिकारीको निर्णयबाट नक्सा पास नगराई भवन बनाउने निर्णय भएको हो र महानगर प्रमुखलाई स्पष्टीकरण सोध्नेसम्मको काम भएको हो भने कसको निर्णयबाट महानगर प्रमुखलाई स्पष्टीकरण सोध्ने निर्णय भएको हो उसलाई अबिलम्ब पदमुक्त गरि भ्रष्टाचार निवारण ऐन अनुसार कारवाही चलाउनुपर्छ ।  महानगरले नक्सा पास नगराई बनाउन थालिएका भवन निर्माणको काम रोक्न थालेको हो भने त्यो जायज काम हो त्यसको सबैले समर्थन गर्नैपर्छ ।

२) भारतले अखण्ड भारतको नक्सा भनेको नक्साभित्र नेपालका लुम्बिनी, कपिलवस्तुलगायतका भू–भाग समेत समावेश गरेर नेपालको स्वाभिमानमा आँच पु¥याउने प्रयत्न गरेको महसुस देशभक्त नेपालीहरुले गरेका छन् । यस विषयमा नेपाल सरकारले औपचारिक रुपमा भारत सरकार समक्ष विरोध जनाउनुपर्छ भन्ने नेपालीहरुको चाहना छ । बङ्गलादेश र पाकिस्तानले यस विषयमा भारत सरकार समक्ष औपचारिक रुपले नै विरोध जनाएको कुरा समेत सार्वजनिक भएको छ । तर, नेपाल सरकारले यसमा मौनता साँधेर अप्रत्यक्ष रुपले भारतीय निर्णयलाई बल प्रदान गरेको छ । 

 महानगर प्रमुख बालेनले “ग्रेट्रर नेपाल“को नक्सा आफ्नो कार्यकक्षमा राखेर भारतीय कदमप्रति सांकेतिक असहमति प्रकट गरेका छन् । अर्को कुरा चाहिं, हालै एउटा दक्षिण भारतीय फिल्म “आदि पुरुष“ले सीता भारतकी छोरी हुन् भन्ने  प्रकृतिको सामग्रीलाई समावेश गरेको कुरा थाहा पाएपछि बालेनले  उक्त सामग्री नहटाएसम्म सो फिल्म काठमाण्डौंमा प्रदर्शन गर्न दिन नहुने विचार प्रकट गरेपछि सो फिल्मको टिमले सो सामग्रीलाई फिल्मबाट हटाएको दावी गरेको छ । बालेनले विषादी परीक्षण नगरेको तरकारी काठमाण्डांैमा भित्रिन नदिने निर्णय पनि गरेका छन् ।

  यी निर्णयले हामीहरुले जे गरे पनि नेपालीहरु केही बोल्नुहुँदैन भन्ने भारतीय पक्षको अहंमा चोट पुगेको स्पष्ट छ । भारतीय मिडिया बालेनको पछाडि हात धोएर लागेको देखिन्छ । भारतीय पक्षले नेपालमा रहेका आफ्ना मान्छेहरुलाई ग्रेटर नेपालको नक्सा प्रकाशन गर्ने काममा संलग्न नेपालीहरुको विरुद्धमा प्रचारबाजी गर्न खटाएको हुन सक्छ भन्ने अनुमान समेत धेरैले गरेका छन् । बालेनको देशभक्तिको जोशलाई शिथिल बनाउने काममा कतिपय सांसदहरु र स्वघोषित नागरिक अगुवाहरु समेत लागेको अनुभव हुन थालेको छ ।  

  नेपालका कतिपय नेतादेखि पत्रकार र विश्लेषकसम्मले पनि बालेनको विरोध गर्न थालेको कुरा आफैमा अर्थपूर्ण छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यसै बेलामा महानगर प्रमुखको विरुद्धमा प्रचारबाजी गर्ने काम शुरु गर्नुको पछिल्तिर पनि बालेनलाई देशको पक्षमा बोल्नबाट निरुत्साहित बनाउने अभिप्रायले त काम गरेको छैन भन्ने आशंका समेत उत्पन्न हुन थालेको पाइन्छ । यसैबेलामा भारतीय मिडियाले नेपाल सरकार अखण्ड भारतको नक्साका सम्बन्धमा भारतीय विदेश मन्त्रालयको भनाइसंग सन्तुष्ट भएको प्रचार गर्न थालेको कुरा पनि उत्तिकै अर्थ पूर्ण छ ।

३) काठमाडांै महानगरका प्रमुख बालेन शाहले देशको पक्षमा लिएको अडानले उनलाई महानगरको चौकिल्ला भित्रमात्र होइन, सिङ्गो नेपालभरी लोकप्रिय बनाएको छ र संसारभरी नै परिचित र चर्चित बनाएको समेत छ । यसले गर्दा नेपालका ठुला दलका नेताहरुमा उनको व्यक्तित्वप्रति एकप्रकारको इष्र्या समेत देखा पर्न थालेको छ । यही इष्र्याको कारणले वा  विदेशीहरुलाई खुशी पार्ने र बालेनलाई निरुत्साहित बनाउने कुनियतले सरकारले नै सरकारी स्वामित्वको संस्था नागरिक उड्डयन प्राधिकरणलाई अघि सारेर बालेनलाई दुःख दिन र अपमानित गर्न खोजेको हो भने जनताले सरकार र सत्तारुढ दलका नेताहरु तथा प्रतिपक्षी दलका नेताहरुसंग पनि यसको हिसाबकिताब गर्ने निश्चित छ ।

४) प्रमुख प्रतिपक्षी दलका नेताहरुले पनि बेला मौकामा बालेनको विरुद्धमा विष ओकल्ने काम जुन गर्दै आएका छन् त्यसको अभिलेख पनि जनताले राख्ने निश्चित छ ।  आफूलाई कांग्रेस र माओवादी केन्द्र समेतका पार्टीहरुलाई भन्दा बढी राष्ट्रवादी, देशभक्त दल भन्न रुचाउने एमालेले बालेनले देशको पक्षमा लिएको निर्णयको विरोध गरेर आफूलाई कांग्रेस र माओवादीको नेतृत्वले झैं देशको पक्षमा अडान लिन नसक्ने दल र नेताको स्तरमा ओराल्न खोजेको हो भने त्यो उसको अधिकार अवश्य हो । 

५) नेपालको हितको रक्षा गर्नु सबै नेपालीको कर्तव्य हो । नेपालको नक्सा राख्ने अधिकार पनि मन्त्री र सांसदहरुलाई मात्र छैन, स्थानीय सरकारका पदाधिकारीदेखि लिएर सामान्य नेपाली नागरिकसम्म सबैलाई । त्यसैले बालेनले विशाल नेपालको नक्सा राखे भनेर कोकोहोलो मच्चाउनुको कुनै तुक छैन, आफ्ना कार्य र व्यवहारको समीक्षा गरेर आफ्ना कामकारवाही संच्याउनु जरुरी छ । भारतले सम्राट अशोकका पालाको भारत भनेर  अखण्ड भारतको नक्साभित्र नेपाली भुभाग समेत राखेर आफ्नो संसदमा राख्न पाउँछ भने नेपाल र नेपालीहरुले पनि सुगौली सन्धि अघिको नेपाली भू–भाग देखाएको विशाल नेपालको नक्सा राख्न पाउँछ ।

६) केही दिन यता माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रीले कहिले नेकपा बिउँत्याउने, कहिले समाजवादी केन्द्रको निर्माण गर्ने र कहिले फेरि हतियार समाउनेजस्ता कुरा गर्न थालेका छन् । त्यो कुरा उनको सत्ता र शक्तिमा अडिने दाउपेच मात्र हो भन्ने सबैले बुझेका छन् । त्यसैले उनले समाजवादी वा अरु मोर्चा खोल्ने होइन, आफू र आफ्नो दललाई सुधार्ने पहल गर्नु उनको निम्ति र मुलुकको निम्ति राम्रो हुने देखिन्छ ।  काममा परिवर्तन नआएमा सुवर्ण प्रणाली मोर्चा वा समाजवादी मोर्चा वा अरु जे नाम राखे पनि केही हुँदैन भन्नेकुरा इतिहासले देखाएको छ । एमाले र विप्लव आदिले पनि मोर्चाको नामबाट जनता झुक्याउने रणनीति होइन, आफूलाई सुधारेर आफ्नै खुट्टामा हिंडेर अघि बढ्ने रणनीतिको अबलम्बन गर्नुपर्छ । मोर्चा र भागबण्डाको लालीपपमा अब जनता अल्मलिंदैनन् । अरु विकल्प खोज्न लाग्छन् भन्नेकुरामा ठुला भनिएका नेता र दल सजग हुन जरुरी छ ।