🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जिप कर्णाली नदीमा खस्दा चालकको मृत्यु

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका २ मा बोलेरो जिप कर्णाली नदीमा खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका ५ कालिपुरका २५ वर्षीय राजेश तामाङ रहेका छन् ।

जिल्ला अस्पतालमा उपचारको क्रममा बिहान साढे ९ बजे तामाङको मृत्यु भएको हो । सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश ३–०१–०२२ च ५१ २६ नम्बरको बोलेरो जिप साेमबार बिहान साढे ७ बजे सडकबाट अन्दाजी ७० मिटर तल कर्णाली नदीमा खसेको थियो ।

अप्ठ्यारो बाटोका कारण यात्रुलाई घटनास्थलबाट अन्दाजी १५ मीटर अगाडी झारेर अगाडी बढाएको जिप अनियन्त्रीत भई नदिमा खसेको हुम्ला प्रहरीले जनाएको छ ।