🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सिद्धबाबा दुर्घटनामा दुईको मृत्यु

पाल्पा, ६ साउन (रासस) : तिनाउ गाउँपालिका–३, सिद्धबाबा नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा माथागढी गाउँपालिका–२, आँपटारीका ४० वर्षीय माधव कुमाल र १९ वर्षीय उमेश कुमाल छन् । आज अपराह्न ट्रकले अगाडि गुडिरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जना २५० मिटर तल तिनाउ खोला किनारमा खस्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । 

पाल्पाबाट बुटबल जाँदै गरेको ना३ख १००८ नंको ट्रकले सोही दिशातर्फ गइरहेको लु २१ ख ९६८० नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

तिनाउ खोलाबाट उनीहरुको शव डोरीको प्रयोग गरेर निकाल्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल सडकभन्दा केही तल भीरमा अड्केको छ ।