🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नारायणगढ–मुग्लिन सडक खण्डमा सडक सुरक्षा उपकरण

चितवन, ६ साउन (रासस) : सडक सुरक्षाको उपकरण उत्पादन गर्ने चिनियाँ एक कम्पनीले नारायणगढ–मुग्लिन सडक खण्डको दुई ठाउँमा अत्याधुनिक सडक सुरक्षा उपकरण जडान गरेको छ । 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार चीनको सिचुवानमा रहेको च्याङ्डु जिकुवान हाइवे फ्यासिलिटी म्यानुफ्याक्चरिङ कम्पनी लिमिटेडले ५०० मिटर सडकको किनारमा निःशुल्क रुपमा केवल बेरियर सिस्टम जडान गरिदिएको हो । मुग्लिन नजिकै स्याउलीमा २०० मिटर र पाँच किलोमा ३०० मिटर केवल बेरियर सिस्टम जडान गरिएको हो । 

नेपालमा पहिलो पटक जडान गरिएको सो केवल विश्वका अन्य राष्ट्रहरुमा प्रयोग हुँदै आएको छ भने ३० टनसम्मको सवारी साधनलाई रोक्न सक्ने क्षमता भएकाले यो पद्धति उपयुक्त हुने खनालले बताए । झण्डै ४० हजार डलरबराबरको काम चिनियाँ कम्पनीले निःशुल्क गरिदिएको हो । 

नेपालमा यस्ता सडकमा प्रयोग हुने स्टिलको पाताबाट गरिने डब्लुबिएम पद्धतिभन्दा आधा सस्तो हुने र मर्मत गर्न सहज हुने जानकारी दिँदै इञ्जिनियर खनालले नेपालमा हालसम्म डब्लु बिएम मेटल क्र्यास बेरियर र न्यू जर्सी क्र्यास बेरियर प्रयोग गर्ने गरिएको बताए । हाल रहेका बारले ठूलो क्षमताका सवारी साधनलाई धान्न नसक्ने भएकाले समय समयमा दुर्घटना हुने गरेको थियो । 

नारायणगढ–मुग्लिन सडक विस्तार अन्तिम चरणमा पुगेको र यतिबेला सडक सुरक्षाका काम भइरहेका छन् ।