मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १५ चुरियामाई स्थित पूर्व–पश्चिम लोकमार्गबाट जेठ ३१ गते राति ११ बजे सशस्त्र प्रहरीले बिलबिजकमा उल्लेख भएको भन्दाबढी सामान बोकेका तीन वटा मालवाहक कन्टेनर ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ७१०१, ना ७ ख ५९२७ र वीरगंजबाट बुटवलतर्फ जादैँ गरेको ना ६ ख ४००६ नम्बरको मालबाहक ट्रक सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका ट्रक मध्ये ना ५ ख ७१०१ र ना ७ ख ५९२७ नम्बरको ट्रक आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर र ना ६ ख ४००६ नम्बरको मालबाहक ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुरले जानकारी दिएकाे छ ।



