🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ज्येष्ठ नागरिकले भरिएको बस र ट्रक ठोक्किँदा १५ जनाको मृत्यु, १० जना गम्भीर घाइते

ओटावा, १ असार (रासस एएनआई) : क्यानडाको मनिटोबास्थित कारबेरी सहर नजिकै बिहीबार सेमी ट्रेलर ट्रक र ज्येष्ठ नागरिकले भरिएको बस एक आपसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । 

मनिटोबाका सुरक्षा सहायक आयुक्त रोब हिलले दुर्घटनाबारे पत्रकारहरूलाई जानकारी दिँदै बसमा सवार २५ जना ज्येष्ठ नागरिकमध्ये गम्भीर घाइेत भएका १० जनालाई तत्काल अस्पतालभर्ना गरिएको  बताए । दुर्घटनाग्रस्त बस पश्चिमी मनिटोबा सहर डाउफिनतर्फ गइरहेको थियो । 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दुर्घटनामा परी आफ्ना प्रियजन गुमाउनेहरुप्रति समवेदना प्रकट गर्नुभएको छ । शोकको यो घडीमा सबै क्यानडेली नागरिक मृतकका परिवारका सदस्यसँगै रहेका उहाँले ट्वीटरमा उल्लेख गर्नुभएको छ । 
–––