🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रुपन्देही प्रहरीद्वारा रू. पन्ध्र लाखकाे तस्करीकाे सामान बरामद

रुपन्देही ।  जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा ईलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ तस्करी, अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा १४, ९६, ७००/- मूल्य वरावरको सामान वरामद गरी आवश्यक कावाहीको लागी वरामद सामान, सवारी साधन र मानिसहरु समेत भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएकाे छ ।

\"\"

            जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले  २०८० जेठ ३२ गते जिल्ला रुपन्देही रोहिणी गाउँपालिका वडा नं. ५ बरवामा जिल्ला रुपन्देही ओमसतिया गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २२ को कुलदिप हरिजनले चलाएको लु १ च ९५१८ नं.को पिकअप गाडीमा  अवैध  रुपमा भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा टायल ८५ पेटी गाडी सहित  ७,६८,०००/- वरावरको सामान बरामद गरेको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएकाे छ ।

          यस्तै ईलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०२।३१ गते अं. १७:२० बजे समयमा जिल्ला रुपन्देही ओमसतिया गाउँपालिका वडा नं. ५ सिसनिया स्थितमा जिल्ला तनहु भिमाद नगरपालिका वडा नं. ३ वस्ने बर्ष ४३ को नेत्र बहादुर थापाले चलाएको ग १ ख ८९९१ नं. को महेन्द्र गाडीमा अवैध  रुपमा भारत बाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा ४१ बोरा युरिया मल गाडी सहित अन्दाजी मुल्य ७,२८,७००/-वरावरको सामान वरामद गरेको छ ।