🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अब  नेकपाको एकता प्रक्रियाले तीब्रता लिने   

काठमाडौँ, ५ साउन। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का  केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार अब नेकपाको तल्लो तहसम्मको पार्टी एकता प्रक्रियाले तीब्रता लिने भएको छ।  २०७५ जेठ ३ गते पार्टी एकीकृत भएतापनि पार्टी गठन तथा संचालनका लागि नियमावली तयार नभएकाले प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्र कमिटी, महानगर, उपमहानगर, नगर, गाउँपालिका कमिटीहरुको  एकीकृत  कमिटी बन्न सकेको थिएन।

\"\"

भूगोल कमिटीका साथै जनबर्गीय संगठन कमिटी पनि बन्न नसकेर एमाले र माओवादी केन्द्रको पार्टी एकीकृत भएको २ महिना पूरा हुँदा पनि दुई पार्टीबीचका नेता, कार्यकर्ताबीच एकै पार्टीका कार्यकर्ता जस्तो जोश, जाँगर, भावनात्मक सम्बन्धको विकास हुन् नसकेको महसुस भएको थियो।  

अब चाहिं तल्लो तहसम्म एकीकृत पार्टीको सङ्गठ र त्यसको संरचना निर्माण गर्नका लागि बाटो खुलेको छ।  जस अनुसार, एकीकृत पार्टी नेकपाको  (१) अन्तरिम विधान- २०७५: १७ अध्याय, ७३ धारा र ८ अनुसूचीसहित ६४ पृष्ठ, (२) नियमावली-२०७५: १० परिच्छेद, २९ धारा र ८ अनुसूचीसहित ५० पृष्ठ।

नेकपाको स्थायी कमिटी र केन्द्रीय सचिवालयका सदस्यहरूबाट प्राप्त सुझावहरूका आधारमा अन्तिम रूप दिएर अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्ययन गरेपछि महासचिव विष्णुप्रसाद पौडेलले छपाइका लागि प्रेसमा पठाएको र ''अब नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को  एकता प्रक्रियाले तीब्रता लिनेछ'' भन्ने  विश्वास पत्रकार तथा युवा केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन्।