🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विदेशी मुद्राको विनिमय दर : अमेरिकन डलरकाे भाउ बढ्दा युराेकाे घट्याे

काठमाडौ,  ३० जेष्ठ । नेपाल राष्ट्र बैंकले  मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरकाे भाउ ५ पैसाले बढेकाे छ भने युराेकाे भाउ घटेकाे । जसअनुसार आज डलरको खरिद दर १३१ रूपैयाँ ६० पैसा र बिक्री दर १३२ रूपैयाँ २० पैसा रहेको छ, हिजो डलरको खरिद दर १३१ रूपैयाँ ६५ पैसा र बिक्री दर १३२ रूपैयाँ २५ पैसा रहेको थियो । 

मंगलवार युरो एकको खरिद दर १४१ रूपैयाँ ७७ पैसा र बिक्री दर १४२ रूपैयाँ ४१ पैसा रहेको छ भने हिजाे युरो एकको खरिद दर १४१ रूपैयाँ ५१ पैसा र बिक्री दर १४२ रूपैयाँ १६ पैसा रहेको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ५३ पैसा र बिक्री दर १६६ रूपैयाँ २८ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.४८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४१ रुपैयाँ रहेको छ ।

यस्तै,अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ०७ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९९ रुपैयाँ २६ पैसा र  जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसामा किनबेच भइरहेकाे छ ।

उता, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ९ पैसा र बिक्रीमा ३५ रुपैयाँ २५ पैसा तोकिएको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १२ पैसा र बिक्री दर ३६ रूपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।