🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शाहिदको ओटीटी पारिश्रमिक ४० करोड

मुम्बई । प्राइम भिडियोको राज एण्ड डीके निर्देशित फिल्म ‘फर्जी’बाट ओटीटी प्लेटफर्ममा पाइला चालेका अभिनेता शाहिद कपूर चाँडै नै अर्को फिल्म ‘ब्लडी ड्याडी’ मा देखिँदैछन् । यो फिल्ममा उनी फरक अवतारमा देखिँदैछन् । अली अब्बास जफर निर्देशित फिल्म जुन ९ मा जियो सिनेमामा रिलिज हुँदैछ ।

शाहिदले यो फिल्मका लागि ४० करोड पारिश्रमिक लिएका छन् । ‘वर्तमान अनिश्चित परिदृश्यमा कुन फिल्म हिट र कुन फिल्म फ्लप भन्ने टुंगो छैन । यो अवस्थामा उनले ब्लडी ड्याडीका लागि ४० करोड पारिश्रमिक लिएका छन् । महामारी पछिको कठिन अवस्थामा अधिकांश कलाकारले पारिश्रमिक घटाइरहँदा शाहिदको ब्राण्ड भ्यालु भने स्थिर नै छ’, फिल्म निकट स्रोतले भनेको छ ।

जियो सिनेमाले यो फिल्म निर्माणका लागि धेरै रकम खर्च गरेको छ । यो फिल्म हिन्दी फिल्मको इतिहासमा दुर्लभ शैलीको भएकाले पनि निर्माताले लगानीमा कन्जुस्याई गरेका छैनन् । पारम्परिक हिन्दी फिल्मको तुलनामा यो फिल्मको लुक्स र अनुभव, एक्सन सिक्वेन्स, भिजुअल र कथा अनौठो छ । पारिश्रमिकका विषयमा शाहिदले मुख खोलेका छैनन् ।