🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अध्यागमनका भ्रष्ट आतंकित  

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमन प्रशासनमा सुधार ल्याउन कार्यविधि बनाएर कर्मचारीको सरूवा र कार्यसम्पादन मूल्याङ्कन गर्ने तयारी गरेका छन । कार्यविधिमा एक पटक विमानस्थल अध्यागमनमा बसिसकेका कर्मचारीलाई पुनः दोहो¥याएर नपठाउने तयारी भइरहेको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख रामबन्धु सुवेदीले भ्रष्ट र अनुशासनहीन कर्मचारीको कारण कार्यालयमा काम गर्न नसक्ने स्थिति आएको भन्दै सरूवा मागेको चर्चा थियो । त्यसपछि मन्त्रालयले सुशासन, पारदर्शिता र सुधारका काम थाल्न निर्देशन दिएको बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका निजी सचिव नवराज ढुंगानाको सेटिङमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा राष्ट्रिय कर्मचारी संगठनका पूर्व अध्यक्ष झंकनाथ ढकाललाई सेकेन्डमेन बनाएर पठाइएको थियो । उनले आफ्ना दुई भाइ बुहारी शाखा अधिकृतलाई पनि सेटिङ्ग गरी विमानस्थलमा सरुवा गरेकोमा मन्त्री श्रेष्ठले आपत्ति जनाउँदै अन्यत्रै सरुवा गरिदिएका छन । ढकालले मेनपावर कम्पनीका मानव तस्करहरूसँग मिलेर भिजिट भिसामा नेपाली महिलालाई खाडी मुलुकमा तस्करी गरेको उजुरी गृह मन्त्रालयमा पुगेको थियो । त्यसपछि ढकालको कमाउने योजना रातारात भताभुङ्ग हुन पुगेको गृह मन्त्रालय स्रोतले बताएको छ ।

मन्त्री श्रेष्ठले अध्यागमन कार्यालयमा सुधार गर्ने, घुसखोरी र भ्रष्टाचार नियन्त्रण गर्दै प्रशासनलाई पारदर्शी बनाउने नीति लिएको बताइएको छ । यही कारण त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा लाखौं घुस बुझाएर सेटिङमा कमाउन जाने कर्मचारीहरूको बिजोग हुने स्रोत बताउँछ । भिजिट, नक्कली भिसामा महिलाहरूलाई खाडी मुलुकमा पठाउने र नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री, गृह मन्त्री र वहालवाला सचिव नै पक्राउ परेको घटनाले ढकालहरूको मनोवल गिरेको बताइन्छ । विदेश पठाउन खोज्ने मानव तस्करहरूप्रति विमानस्थलमा कडाइ हुन थालेपछि स्वतः हच्किएको स्रोतले बताएको छ ।