🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रुपन्देही प्रहरीद्वारा साँढे ११ लाख बराबरको सामान बरामद

रुपन्देही, २३ जेठ ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०२।२२ गते जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ७ आवारोड स्थितमा भारतबाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी लु १ ह २६४३ नं. को अटो रिक्सामा ल्याउदै गरेको २४ पेटी टायल अं. मुल्य अटो रिक्सा सहित ४,४०,०००/- वरावरको सामान वरामद गरेको छ ।

पक्राउ पर्नेमा भारत जिल्ला महाराजगंज थाना फरेन्दा घर भई हाल जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. १३ भैरहवा बसपार्क बस्ने वर्ष २४ को औरेन्ज चौहान रहेका छन् ।

निजलाई अटो रिक्सा र वरामद सामान सहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय वेलहिया रुपन्देहीमा बुझाइएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मिति २०८०/०२/२२ गते जिल्ला रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १ भगवानपुर स्थितमा भारतबाट नेपाल तर्फ भन्सार छली चोरीपैठारी गरी लु १ च ३५२२ नं. को बोलेरो पिकअप गाडीमा काठको ढोका ५ वटा, पेन्ट (कलर) ३ बाल्टी (५० लिटर) र टायल ४० पेटी अन्दाजी मूल्य गाडी सहित ७,०७,७००/- वरावरको सामान वरामद गरी आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय वेलहिया रुपन्देहीमा बुझाइएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

\"\"

\"\"