🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमालेले प्रदेश इञ्चार्ज किन हेरफेर ग¥यो ? कर्णालीमा विशेष अभियान

काठमाडौं । एमालेले अहिले फरक रणनीति लिएर संगठन विस्तार र बलियो बनाउने कसरत सुरु गरेको छ । मिसन ग्रासरुटमा धेरै कार्यकर्ताले नेताहरुमा प्रश्न उठाएका कारण नयाँ सोच र संरचना सहित संगठन बनाउने प्रयास एमाले गरेको छ ।

२०८० जेठ  १९ गते शुक्रबारको सचिवालय बैठकले प्रदेश इञ्चार्ज तोक्ने निर्णयले त्यसको पुष्टि गरेको हो । मिसन ग्रासरुटमा जिल्ला नेतादेखि केन्द्रसम्मका नेताहरुले कार्यकर्ताको लाखापाखा गर्ने, आर्थिक अपचलन गर्ने पार्टीको हित विपरीत लाग्ने गरेको आरोप लगाएका थिए । त्यसैकारण सुधारको प्रयास प्रदेश इञ्चार्जको जिम्माबाट गरेको बताइन्छ ।

मधेश प्रदेशका नेता रघुवीर महासेठलाई कोशी प्रदेशमा पठाएको एमालेले पूर्वमाओवादी नेता तथा सुदूरपश्चिम प्रदेशका नेता लेखराज भट्टलाई कर्णालीमा पठाएको छ । महासेठका कारण मधेश प्रदेशमा कार्यकर्ताहरु पीडित भएको र पार्टीभित्र झगडा भएको समेत भन्ने गरिएको थियो । त्यसैकारण, कोशी प्रदेशमा पठाइएको छ ।

यसो गर्दा गुटबन्दी पनि कम हुने आंकलन गरिएको छ । पूर्वमाओवादी  नेता भट्टलाई कर्णाली सार्नुमा चाहिँ कर्णालीका माओवादीलाई एमालेमा तान्ने नीतिको रुपमा हेरिएको छ  ।

यो प्रदेशमा एमालेले संघमा एउटा पनि सीट जित्न सकेन । सोही कारण माओवादीको प्रभाव रहेको यो प्रदेशमा पूर्वमाओवादी नेतालाई पठाएको देखिन्छ ।  यता, पुराना र सक्रियता कम हुने संभावना भएर हो कि नेताहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापालाई खासै भूमिका दिइएको छैन । सक्रिय नेता योगेश भट्टराईलाई मधेश प्रदेशमा पठाएर मधेशी नेताहरुलाई झगडा र गुटबन्दी गर्ने प्रयासलाई नियन्त्रण गर्न खोजेको देखिन्छ ।

 त्यसो त, छविलाल विश्वकर्मालाई सुदूरपश्चिम प्रदेशमा पठाएर सभामुख हुन नपाउँदाको चोट विर्साउन प्रयास गरेको देखिन्छ । यद्यपि, विश्वकर्मा उनी संगठकको रुपमा भने देखिएका छैनन् । भट्ट र कर्णबहादुर थापाको झगडाका कारण सुदूरपश्चिममा एमाले निकै कमजोर भएको थियो । पहिला थापा भीम रावलसँग झगडा गरिरहेका हुन्थे ।

यसरी केपी ओलीदेखि केन्द्रीय नेतासम्म सुध्रिनुपर्ने एमाले कार्यकर्ताको भनाइमा एमाले कति अगाडि बढ्न सक्छ, त्यो नै अहिले प्रष्ट त भन्न सकिन्न तर २०८४ को चुनाव लक्षित भएर एमालेले संगठन सुधारमा लागेन भने चाहिँ अर्को चुनावमा फलामको चिउराझैं हुने देखिन्छ ।
(साँघु साप्ताहिक, २०८० जेठ २२ गते)