🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सशस्त्र प्रहरीद्वारा राजस्व छलीको आशंकामा कन्टेनरहरु नियन्त्रण

भक्तपुर । २०८० जेठ २१ गते आइतवार बिहान भन्सार छलीका सामानसहितका दुईवटा कन्टेनरलाई सशस्त्र प्रहरीको राजस्व गस्ती टोलीले नियन्त्रणमा लिएको छ । बिहान करिब सात बजेतिर भक्तपुरको बालकोटस्थित पानी ट्याङ्की नजिकैबाट ती कन्टेनरलाई राजस्व अनुसन्धान विभागबाट खटिएको डीएसपी प्रदीप राईको टोलीले नियन्त्रणमा लिएको बताइएको छ । 

 विभाग स्रोतले दिएको जानकारीअनुसार गस्ती टोलीले ना ३ ख ७५१३ र ना ७ ख १५८५ नम्वरका दुईवटा कन्टेनरलाई सामान सहित नियन्त्रणमा लिएको थियो । गोदाममा सामान अनलोड गर्दै गरेको अवस्थामा टोलीले ती कन्टेनरलाई नियन्त्रणमा लिएको हो ।

स्रोतका अनुसार, रसुवा भन्सार कार्यालयबाट सामानको जाँचपास गराई छुटेको भनिएता पनि कर्मचारी र व्यापारीको मिलेमतोमा ठुलै रकम राजस्व छली भएको आशंका गरिएको छ ।

 विभागको प्रारम्भिक अनुमान अनुसार ना ७ ख १५८५ नम्वरको कन्टेनरमा सोफा बनाउनका लागि प्रयोग गरिने कपडा रहेको पाइएको छ । अर्को कन्टेनरमा भने जुत्ता र लत्ता कपडा रहेको अनुमान गरिएको छ । दुवै कन्टेर रसुवा भन्सार कार्यालयबाट भन्सार जाँचपास गरी छुटेको स्रोत बताउँछ ।

के कति परिणमको मालवस्तुमा न्युन बिजकीकरण गरी राजस्व छली भएको हो भन्ने एकीन रूपमा खुल्न सकेको छैन । सम्वन्धित आयातकर्ता व्यापारी सम्पर्कमा आएपछि मात्र वास्तविकता बताउन सकिने विभागस्रोतले जानकारी दिएको छ ।