🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौ, १५ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल), स्वरोजगार लघुवित्त वित्तीय संस्था र प्रभु इन्सुरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

एचआइडीसीएलको १ करोड ६ लाख ३८ हजार १३३.७५ कित्ता सेयर सूचीकृत भएको छ । यसले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत  बोनस सेयर वितरण गरेको थियो । स्वरोजगार लघुवित्तको २२ प्रतिशत बोनस सेयर बराबरको ११ लाख ३१ हजार १८.०७ कित्ता सेयर सूचीकृत भएको हो । 

त्यस्तै, प्रभु इन्सुरेन्सको ८ लाख ६४ हजार १०६.७६ कित्ता सेयर सूचीकृत भएको छ । यसले गत वर्षको नाफाबाट ६.७० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।