🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

काठमाडौं, १३ जेठ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, वानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनका १३ औं बैठक बस्न लागेको हो । बैठक ४ बजे बस्नेछ ।

आजको बैठकमा गत जेठ ५ गते सरकारले पेस गरेको नीति तथा कार्यक्रम माथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।

हिजोको बैठकमा नीति तथा कार्यक्रम माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री प्रचण्डले दिने कार्यसूची रहेता पनि अचानक पशुपतिनाथको जलहरी प्रकरणलाई लिएर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली माथि नेकपा माओवादीका सांसदले गम्भिर आरोप लगाए पछि बैठक बिबादमा परेको थियो ।

नेकपा एमालेले माओवादीले माफी नमागेसम्म संसद चलाउने नदिने अडान राखे पछि हिजो भएका पटक पटकको प्रयास असफल भई बैठक नै बस्न नसके पछि अन्ततः आज ४ बजे बोलाईएको हो । 

हिजोको बैठकमा ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आव २०८० ८१ को नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने’ सम्भावित कार्यसूचीमा उल्लेख थियो । 

आज पनि नीति तथा कार्यक्रममा सांसदहरुले आ आफनो धारणा राख्नेछन् भने प्रधानमन्त्रीले जवाफ दिए पछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सम्भावना रहेको छ ।