🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पोखरामा शुक्रबारदेखि राष्ट्रसङ्घको नमूना महासभा

गण्डकी,  (रासस) : युथ थिङ्कर्स सोसाइटी (वाइटिएस)को आयोजना पोखरामा संयुक्त राष्ट्रसङ्घको नमूना महासभा हुने भएको छ । २०८० जेठ १२ गते शुक्रबारदेखि तीन दिनसम्म चल्ने पोखरा एमयुएन (नमूना महासभा) मा १५ जिल्लाका एक सय २० जना सहभागी हुने संस्थाका अध्यक्ष रिजन ढुङ्गानाले जानकारी दिनुभयो ।

    विश्वले नमूना संयुक्त राष्ट्र सम्मेलन कसरी गर्छ, यसको तयारी कसरी गर्नेलगायत विषयमा छलफल गरिने महासभामा सहभागीले विश्वव्यापी समस्याहरूको सम्भावित समाधानहरू प्रस्तुत गर्नेछन् ।

आर्थिक मन्दी, फर्जी औषधिका कारण बढ्दै गएको खतराहरू र ई–वेस्टको सुरक्षित डिस्पोजल कसरी व्यवस्थापन गर्ने विषयमा महासभा केन्द्रित हुनेछ । सभामा संसदीय प्रक्रिया, नीतिगत छलफल, कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र संयुक्त राष्ट्रसङ्घका बारेमा पनि जान्न सकिन्छ ।

    त्यस्तै, सहभागीले अनुसन्धान, सार्वजनिक भाषण, बहस, लेखन र विशेषगरी आलोचनात्मक विश्लेषण सीपहरूको वृद्धि, कसरी गर्ने लगायतका विभिन्न प्रक्षेपणसमेत प्रस्तुत गर्ने ढुङ्गानाले जानकारी दिनुभयो । मोडल युनाइटेड नेसन्स (एमयुएन) अन्तर्गत संयुक्त राष्ट्रसङ्घको कार्यवाहीको एक शैक्षिक अनुकरण हो ।

यसरी नै छनोट हुँदै युवाहरूले संयुक्त राष्ट्रसङ्घका विभिन्न समितिहरू जस्तै महासभा, सुरक्षा परिषद् आदिमा विभिन्न देशका प्रतिनिधिहरूको भूमिका खेल्न सक्नेछन् ।

    नमूना महासभामा पोखराका प्रमुख अतिथि र अमेरिकी दूतावासबाट एकजना प्रतिनिधि सहभागी हुनुहुने उहाँले जानकारी दिनुभयो ।
–––