बारा, १२ जेठ । प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
बारा जिल्ला विश्रामपुर गाउँपालिका वडा नं.३ मुसहर्वा टोल स्थित सडक खण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेका एक पैदल यात्रीलाई चेक जाच गर्ने क्रममा प्रहरी चौकी मुसहर्वा बाराबाट खटिएको प्रहरीले लागूऔषधसहित २०८०/०२/१० गते एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.१२ गोद्राङ बस्ने २३ वर्षीय पासाङ तामाङ रहेका छन् । निजले लगाएको पाइन्टको खल्तीमा लुकाई छिपाई ल्याएको अवैध लागू औषध NITRAVET-10 लेखिएको १९ पत्ता (५६९ पिस) सहित फेला पारी पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
तामाङमाथि बारा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको छ ।



