🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जनसङ्ख्या वृद्धिका हिसाबले पहिलोमा भक्तपुर, दोस्रोमा रुपन्देही र तेस्रोमा चितवन

चितवन, ११ जेठ (रासस) : विसं २०७८ को जनगणनाअनुसार जनसङ्ख्या वृद्धिका हिसाबले चितवन तेस्रो स्थानमा रहेको छ । पहिलोमा भक्तपुर, दोस्रोमा रुपन्देही र तेस्रोमा चितवन रहेको तथ्याङ्क कार्यालय चितवनले जनाएको हो ।
 

कार्यालयले आज यहाँ आयोजना गरेको जिल्लास्तरीय नतिजा सार्वजनिक कार्यक्रममा कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार जिल्लामा विसं २०६८ को जनगणनामा जनसङ्ख्या वृद्धिदर दुई दशमलव छ रहेको थियो । विसं २०७८ मा जिल्लामा जनसङ्ख्या वृद्धिदर दुई दशमलव सात प्रतिशत रहेको छ ।
 

उहाँका अनुसार विसं २०६८ को जनगणनामा जनघनत्व दुई सय ६१ प्रतिवर्गकिलोमिटर रहेकोमा अहिले बढेर तीन सय २५ पुगेको छ । जिल्लाको जनसङ्ख्या सात लाख १९ हजार आठ सय ५९ रहेको छ । तीमध्ये महिला तीन लाख ६८ हजार ७० र पुरुष तीन लाख ५१ हजार सात सय ८९ रहेको तथ्याङ्कले देखाएको छ । विसं २०६८ मा जिल्लाको जनसङ्ख्या पाँच लाख ७९ हजार नौ सय ८४ थियो । पहिलेको तुलनामा एक लाख ३९ हजार आठ ७५ बढेका छन् ।

 
परिवारको औसत आकार चार दशमलव एक रहेको भण्डारीले जानकारी दिनुभयो । जिल्लामा एक लाख ७९ हजार तीन सय ४५ परिवार बसोबास गर्दै आएको कार्यक्रममा जानकारी दिइयो ।

जिल्लामा स्थायी ठेगाना भएर धेरैजसो विदेश बसोबास गर्ने ४६ हजार आठ सय ६१ परिवारका ६५ हजार ६४ छन् । तीमध्ये पुरुष ५० हजार छ सय ५५ र महिला १४ हजार चार सय नौ छन् । सोह्र हजार चार सय ९६ अपाङ्गता भएका व्यक्ति रहेको कार्यक्रममा जानकारी दिइयो । तीमध्ये आठ हजार सात सय ६७ पुरुष र सात हजार सात सय २९ महिला रहेका छन् । जिल्लाको साक्षरता दर ८३ दशमलव ६८ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ ।

 
बाह्रौँ राष्ट्रिय जनगणनाअनुसार जिल्लाको सबैभन्दा धेरै जनसङ्ख्या भएको पालिका भरतपुर महानगरपालिका रहेको छ । भरतपुर महानगरमा मात्रै तीन लाख ६९ हजार दुई सय ६८ बसोबास गर्ने गरेको सो अवसरमा जानकारी दिइयो । सबैभन्दा कम इच्छाकामना गाउँपालिकामा २७ हजार छ सय ४३ बसोबास गर्दै आएको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै कालिका नगरपालिकामा ५२ हजार एक सय ६४, खैरहनी नगरपालिकामा ६७ हजार तीन सय ८५, माडी नगरपालिकामा ३८ हजार दुई सय ९५, राप्ती नगरपालिकामा ६६ हजार छ सय १७, रत्ननगर नगरपालिकामा ८९ हजार नौ सय पाँच रहेको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

 
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले राष्ट्रिय जनगणनाको तथ्याङ्कले नीति निर्माणमा सहयोग पुग्ने बताउनुभयो । यो तथ्याङ्कका आधारमा नीति निर्माण तथा विकास निर्माणमा सहयोगी बन्ने भन्दै उहाँले यस्ता तथ्याङ्कको सही सदुपयोग हुन आवश्यक रहेको बताउनुभयो ।

 
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यस्ता तथ्याङ्कलाई अझै विस्तृतरूपमा केलाउन सके समाजको विकासमा सहयोगी बन्ने बताउनुभयो ।
–––