🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेसनल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौ, १० जेष्ठ । नेसनल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज जेठ १० गते बुधबार अन्तिम दिन हो ।

साधारण सभा प्रयोजनका लागि यस कम्पनीले जेठ ११ गते बुक क्लोज गर्दैछ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनि सक्नुपर्नेछ । नेसनल लाइफले आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट १४.५० प्रतिशत लाभांश वितरण गर्दै छ ।

यसले ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । उक्त लाभांश पारित गर्न यस कम्पनीले जेठ २२ गते साधारण सभा बोलाएको छ । सभा, नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

सभामा २०७८/७९ को नाफा नोक्सान हिसाब किताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । त्यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ ।