🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रिय सहमतिको रुपमा नीति तथा कार्यक्रम बनेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय सहमति कायम भएको दाबी गरेका छन् । मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नैतिक धरातलबाट सोच्दा राष्ट्रिय सहमतिको रुपमा नीति तथा कार्यक्रम बनेको दाबी गरेका हुन् । 

गत शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मौलिक विशेषता भेटिने भन्दै उनले सत्ता र प्रतिपक्षी दलबाट समर्थन पाएको सरकारले ल्याएको नीति तथा कार्यक्रममा विभिन्न मौलिक विशेषता पाउने दोहोर्‍याए । 

नीति तथा कार्यान्वयन पक्षलाई जोड दिएको पनि बताउँदै प्रधानमन्त्री प्रचण्डले सबैको साझा प्रयासबाट कार्यान्वयन सम्भव रहेको बताए । राष्ट्रिय आकांक्षालाई आत्मसाथ गरेको नीति तथा कार्यक्रमले संघीयताको सुद्धृढीकरण, अर्थतन्त्रको संरचना पुनसंरचना, कृषिमा आधुनिकीकरण, भ्रष्टाचार नियन्त्रण र सुशासनलाई जोड दिएर सम्बोधन गरिएको बताए ।

उत्पादन वृद्धि र रोजगारी सृजनालाई पनि नीति तथा कार्यक्रमले जोड दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।