🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मन्त्री रिजाल र चिनियाँ राजदूत चेन सङ्बीच शिष्टाचार भेटवार्ता, पारवहन व्यापार प्रवर्द्धनमा छलफल

काठमाडौँ, ९ जेठ (रासस) : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास सहायता र  सीमानाका खुलाउने विषयलगायत विविध विषयमा कुराकानी भएको थियो ।

भेटमा मन्त्री रिजालले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको जनाउँदै  चिनियाँ राजदूत चेन सङ्को प्रशंसा गर्नुभएको थियो । आगामी दिनहरूमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफु विश्वस्त रहेकोसमेत मन्त्री रिजालले स्पष्ट पार्नुभयो ।

भेटका क्रममा मन्त्री रिजालले दुई देशबीचको सम्बन्ध विशेष एवं उच्च महत्व रहेको बताउनुभयो । चीनविरूद्ध नेपाली भूमि प्रयोग हुन नदिने कुराप्रति प्रतिबद्धता जनाउँदै उहाँले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्थिरता तथा राष्ट्रिय स्वाधिनताको सम्मानका लागि चीन सदैव अडिग रहेको प्रति नेपालको उच्च सम्मान रहेको बताउनुभयो ।

चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार मुलुक रहेको जनाउँदै मन्त्री रिजालले नेपालको कुल वैदेशिक व्यापारको १४ प्रतिशत व्यापार चीनसँग हुने गरेको स्पष्ट पार्नुभयो । चीनसँगको व्यापारमा नेपालले ठूलो व्यापार घाटा व्यहोरिरहेको स्पष्ट पार्दै मन्त्री रिजालले उक्त व्यापार घाटालाई कम गर्नका निमित्त राजदूत चेन सङ्को कार्यकालमा दुई देशबीच सहकार्य हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री रिजालले चिनियाँ राजदूत चेन सङ्लाई नेपाल र चीनबीचको व्यापार सहजीकरण गर्न दुई देशका बीच रहेको विभिन्न संयन्त्रहरूको स्मरणसमेत गराउनुभयो ।  पारवाहन ढुवानी सम्झौताको कार्यान्वयनका लागि स्थापित संयुक्त परामर्श संयन्त्रको बैठकसमेत बस्न नसकेको बताउँदै उहाँले काठमाडौँ र बेइजिङबीच स्थापित उक्त संयन्त्रहरूको बैठक यथाशीघ्र बसी द्विपक्षीय तथा पारवहन व्यापार प्रवर्द्धन तथा सहजीकरण गर्न आग्रह गर्नुभयो ।

तातोपानी, रसुवा तथा हिल्सानाका पुनः खुलेर पूर्णरूपमा सञ्चालनमा आएकामा खुसी व्यक्त गर्दै मन्त्री रिजालले थप नाका पनि चाँडै सञ्चालनमा ल्याउन पहल गरिदिन आग्रह गर्नुभयो । मन्त्री रिजालले नेचुङ–लिजी, किमाथाङ्का, ओलाङचुङ्गोलालगायतका सीमानाकासमेत  खोल्नेतर्फ चिनियाँ राजदूत सङ्को ध्यानाकर्षण गराउनुभयो ।

नेपालको विकासका लागि चीनको सहयोग र सहकार्यप्रति आभार व्यक्त उहाँले आगामी दिनमा चीनले अझ बढी विकास सहायता र प्रत्यक्ष वैदेशिक लगानी उपलब्ध गराउने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।

भेटमा चिनियाँ राजदूत सङ्ले नेपालले सधैँ एक चीन नीतिको समर्थन गर्दै आएकामा धन्यवाद दिनुभयो । द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू पनि विश्वस्त रहेको जनाउनुहँुदै उहाँले विकास सहायता र प्रत्यक्ष वैदेशिक लगानी उपलब्ध गराउने कुरामा चीन सकारात्मक रहेको बताउनुभयो ।
–––