🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जाजरकोटको मह अन्तर्राष्ट्रिय बजार ताक्दै

जाजरकोट, २४ माघ : नलगाड नगरपालिका–१ पाली, कल्पतको कात्तिके मह यसवर्ष अन्तर्राष्ट्रिय बजारमा जाने भएको छ । पाली, कल्पतको कात्तिके मह अस्ट्रेलिया, अमेरिका, दुवई र कोरिया जाने भएको हो । 

नहकुली अर्गानिक हर्बल एग्रो प्रालिले पाली, कल्पतको कात्तिके महको अन्तर्राष्ट्रिय बजार खोजी गर्न यस वर्ष अस्ट्रेलिया, अमेरिका, दुवई र कोरिया गरी चार देशमा दुई हजार किलो मह पठाउन लागेको सञ्चालक हरिबहादुर बुढाले जानकारी दिए ।  

अन्तर्राष्ट्रिय बजारमा पठाउन सुपर वल्र्ड ट्रेडर्सले महको नाप तौल तथा गुणस्तर परीक्षण गरिसकेको बुढाले जानकारी दिए । बाहिर पठाउनलाई प्रालिले मह खरीद गर्नाका साथै प्याकिङ गरिसकिएको बताउँदै सञ्चालक बुढाले वन डिभिजन कार्यालयबाट चलानी पुर्जीका लागि आवश्यक कागजजात पूरा गर्न मात्र बाँकी रहेको बताए । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादन १५ प्रतिशतले वृद्धि भएको नलगाड कृषि शाखा प्रमुख महेशकुमार बिष्टले जानकारी दिए । 

गत वर्ष जाजरकोटमा २० मेट्रिक टन मह उत्पादन भएको थियो । गत वर्षसम्म प्रतिकिलो रु ५ सय पर्ने मह अहिले रु ७  सय पुगेको छ । माग धेरै भएका कारण महको मूल्यमा पनि वृद्धि भएको छ । जैविक मह उत्पादन हुने मौरीको सबैभन्दा उत्तम आहारा चिउरी हो । 

मैनपुतलीले मौरीको लार्भा र चाका खाइदिँदा मौरी भाग्ने गरेको किसानको भनाइ छ । “महको माग बढी छ, मह उत्पादन घट्नुभन्दा पनि मौरी जोगाउनै समस्या छ,” व्यावसायिक मौरी किसान सेते बुढाले भने ।  

३ दशकदेखि जाजरकोटका किसान व्यावसायिकरूपमा मौरीपालनमा आबद्ध छन् । उत्पादित मह किसानलाई बिक्री गर्न पनि बिस्तारै सहज हुँदै आएको छ । जैविक महको महत्व बुझाउँदै जाँदा अहिले यहाँको मह अन्तर्राष्ट्रिय बजारमा जान थालेको छ । प्रालिले यहाँको महलाई विदेशमा निर्यात गर्न थालेपछि आगामी वर्षमा अन्तर्राष्ट्रिय बजार विस्तार हुनेमा किसान ढुक्क देखिन थालेका छन् । 

अहिले नगरपालिकामा ४ हजार र जिल्लाभर ६ हजार मौरीका घार छन् । नगरपालिकाले मौरीपालक किसानलाई सहयोग गर्दै पकेट क्षेत्र घोषणा गरेको छ । (रासस)