काठमाडौं, ८ जेठ । यस सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन टोली म्यानचेस्टर सिटीले पुनः जित हासिल गरेको छ । लिग सकिनु अघि नै च्याम्पिनन भएकाे म्यानचेस्टरले चेल्सी माथि १-० को जित हासिल गरेको हो ।
इतिहाद स्टेडियम म्यानचेस्टरमा आइतबार राति भएको खेलमा अल्भारेजले पहिलाे हाफकाे १२औं मिनेटमा गरेको गोल नै निर्णायक हुन पुगेको थियो । लिग च्याम्पियन बनेकाे सिटीलाई चेल्सीसँगको खेलपछि ट्रफी प्रदान गरिएको छ ।
यस जितसँगै सिटीको ३६ खेलबाट ८८ अंकसहित शिर्ष स्थानमा छ भने पराजित चेल्सी ३६ खेलबाटै ४३ अंक जोडेर १२औं स्थानमा छ ।



