🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नि:शुल्क स्वास्थ्य, शिक्षा र उद्यमशीलतासहितको रोजगार नै जनताको अधिकार हो : नेता महर

काठमाडौं, ७ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नि:शुल्क स्वास्थ्य, शिक्षासँगै व्यवस्थित तथा सर्वसुलभ यातायात र सञ्चारसँगै उद्यमशीलतासहितको रोजगार जनताको अधिकार भएको बताएका छन् ।

नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्वविद्यालय समितिले चितवनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले आजको आवश्यकता नि:शुल्क स्वास्थ्य, शिक्षा र उद्यमशीलतासहितको रोजगार नै भएको बताए ।

'हामी समृद्धि र सुशासनको कुरा गरिरहेका छौं । त्यसका लागि आवश्यक पर्ने सूचक के-के हुन् भन्नेतर्फ हाम्रो ध्यान जान सकेको छ कि छैन? प्रमुख कुरा हो। मैले माथि भनेका कुरा जनताका नैसर्गिक अधिकार हुन्। हामीले जनताका अधिकारको प्रत्याभूति नगराउँदासम्म सुशासन र समृद्धिको जतिसुकै रटान लगाउँदा पनि केही हुँदैन,' उनले भने ।

\"\"

यसका साथै देश बनाउने जिम्मा कुनै एक व्यक्तिकोमात्र नभएको बताउँदै उनले प्रत्येक मानिस राष्ट्र र राष्ट्रियताको सवालमा गम्भीर हुनुपर्ने औंल्याए । 'नेपाल निर्माण गर्ने जिम्मा एक व्यक्तिकोमात्र होइन । त्यसमा विद्यार्थी, जनता सबैको हातेमालो आवश्यक छ । देश बनाउन सबैभन्दा पहिला जनताको सहयोग चाहिन्छ,' उनले भने ।

उनले विद्यार्थीको काँधमा पढ्नेमात्र नभएर देशको जिम्मेवारीसमेत रहेको बताए । युवा पुस्ता देशप्रति गम्भीर नहुँदा मुलुकले नकारात्मक परिणाम भोग्ने उनको भनाइ थियो। 'हामी सबै देश बनाउने कुरामा गम्भीर हुनुपर्छ । कसैले गलत गर्दा सच्याउन सुझाव दिइहाल्नुपर्छ । विद्यार्थी भनेको त देशको थप शिक्षित जनशक्ति हो । उ त गम्भीर हुनैपर्छ,' उनले भने ।

समयको माग अनुसार शिक्षालाई उत्पादन र स्वरोजगारसँग जोडन सकेमात्र युवा पलायन रोकिने कुरामा जोड दिँदै महरले कृषि प्रधान देशमा वार्षिक रूपमा करिव तीन खर्ब बढीको कृषिजन्य वस्तु आयात हुनु दुर्भाग्य भएको बताए ।

नेपालको शैक्षिक लगायत सवै सकारात्मक परिवर्तनका सवालमा नेपाली कांग्रेस पार्टीको अहम योगदान रहेको कुरामा जोडदिँदै उनले वर्तमान सरकारका सवै कदममा गठबन्धनको सबभन्दा ठूलो दल कांग्रेसको सहभागिता रहेको प्रस्ट पारे ।