🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पराजयको बाबजुद बार्सिलोनालाई \’ला लिगा च्याम्पियन\’को उपाधि

काठमाडौं, ७ जेठ । चार खेल अगावै ला लिगा च्याम्पियन बनेको बार्सिलोनाले उपाधि उचालेको छ । शनिबार राति घरेलु मैदानमा रियाल सोसिडाडसँग १–२ गोलको नतिजामा पराजित भए पनि अंक तालिकाको आधारमा बार्सिलोनाले उपाधि उचालेको हो । 

घरेलु मैदानमा शनिवार राति भएको खेलमा बासिलोना रियल सोसिडाडसँग २–१ ले पराजित भएपछि उसका समर्थकले एकलौटी बिजयको उल्लास भने मनाउन पाएनन । यद्धपी, उसले उपाधिमा बाजी मारेर आफनो जितमा भने सेलिब्रेसन गरेको छ । 

खेल सुरु भएको ५ र्औं पाँचौं मिनेटमा मिकेल मेरिनोले गरेको गोलसँगै पाहुना टिम सोसिडाडले अग्रता लिन सुरु गरेको थियो । र, पहिलो हाफ १-० मा नै टुंगियो । 

घरेलु टिम बार्सिलोना माथि दबाब बढाएको सोसिडाडका लागि ७२ औं मिनेटमा अलेजेन्डर सोर्लोथले गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारे पछि बार्सिलोना थप दबाबमा पर्न गयो । 

तर, निर्धारित समयको अन्तिम मिनेटमा लेवान्डोस्कीले एक गोल फर्काए पछि बार्सिलोनाले गोलरहित पराजय भने भोग्नु परेन । अन्ततः खेल २–१ मा टुंगिदै बार्सिलानाले उपाधि जितमा सेलिब्रेसन गर्ने राहात पायो ।

तर, बार्सिलोना ८५ अंक जोडेर ला लिगाको च्याम्पियन बन्न सफल हुन पुग्याे ।