🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फुटबल : आर्मी र थ्रीस्टारको खेल बराबर, एक एक अङ्क बाँडे

काठमाडौँ, २ जेठ (रासस) : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीचको जेठ २ गते भएकाे खेल बराबरीमा टुङ्गिएको छ ।

    
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा थ्रीस्टार र आर्मीले १–१ गोलको बराबरी खेल्दै एक एक अङ्क बाँडेका छन् । खेलको ६९ औँ मिनेटमा लाकेन लिम्बूले गोल गर्दै थ्रीस्टारलाई सुरुआती अग्रता दिलाए । थ्रिस्टारको १–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन ।

    
खेलको ८६ औँ मिनेटमा आर्मीका दिनेश हेन्जनले गोल गर्दै खेललााई एक–एक गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र खेल बराबरीमा टुङ्गियो । यस बराबरी खेलसँगै थ्रीस्टारले १८ खेलमा २६ अङ्क जोडेको छ । थ्रीस्टार अङ्क तालिकाको चौथो स्थानमा रहेको छ । त्यस्तै समान खेल खेलको आर्मीको २५ अङ्क भएको छ । आर्मी छैटौँ स्थानमा रहेको छ ।
    

यसैगरी सातदोबाटोमा जेठ २ गते नै  भएको अर्को खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) लाई १–० गोल अन्तरले पराजित गरेको छ । पुलिसको जितमा मोसेस ग्याबाह तुमले निर्णायक गोल गरे । उनले खेलको ६१ औँ मिनेटमा गरेको एक गोल नै पुलिसका लागि निर्णायक गोल सावित भयो ।

यस जितसँगै पुलिस १८ खेलमा २२ अङ्क जोडेर अङ्क तालिकाको दशौँ स्थानमा उक्लेको छ । समान खेल खेलको एपिएफ २२ अङ्कसहित एघारौँ स्थानमा छ ।
–––