🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

द केरल स्टोरीका क्रु सदस्यलाई ज्यानको धम्की

मुम्बई । सुदिप्तो सेनद्वारा निर्देशित फिल्म ‘द केरल स्टोरी’ अहिले बलिउडमा चर्चाको विषय बनेको छ । फिल्मले केरलामा युवतीहरुले धर्म परिवर्तन गरेको विषयलाई उठान गरिएको छ । अहिले यो फिल्मका क्रु सदस्यलाई ज्यानको धम्की आउन थालेको छ ।

निर्देशक सुदिप्तोका अनुसार एक अज्ञात व्यक्तिले फिल्मको एक सदस्यलाई ज्यानको धम्की दिएका छन् । ती व्यक्तिले फिल्मका सदस्यलाई घर बाहिर एक्लै नहिँड्न धम्की दिएका हुन् । निर्देशकले धम्की दिनेले एक्लै हिँडेको अवस्थामा जुनसुकै बेला जे पनि हुने बताएको जनाएका छन् ।

सुदिप्तोले घटनाबारे प्रहरीलाई जानकारी दिएपछि प्रहरीले ती सदस्यलाई सुरक्षा प्रदान गरेको छ । यद्यपि यो मामलामा हालसम्म कसैले उजुरी दिएको छैन ।

फिल्ममा अदा शर्मा, योगिता बिहानी, सिद्धि इदनानी र सोनिया बालानीको अभिनय छ । फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ ।