काठमाडौं, २६ असार : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधि उत्तर कोरिया जाने भएका छन् । उत्तर कोरिया स्थापनाको ७७ औं बर्षको उपलक्ष्यमा उत्तर कोरियाली राजदूत किम योंग हकले निमन्त्रणा दिएपछि नेकपाभित्र को जाने भन्ने चलखेल सुरु भएको छ ।
हकले सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर निमन्त्रणा पत्र दिएका हुन् । हकले आगामी भाद्र २४ (सेप्टेम्बर ९) गते उत्तर कोरिया भ्रमणको लागि औपचारिक निम्ता पत्र हस्तान्तरण गरेका हुन् । भेटमा नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि सहभागी थिए ।
निम्तापत्र ग्रहण गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी उत्तर कोरियामा भ्रमण टोली पठाउन तयार रहेको बताएका हुन् । त्यसपछि को जाने भन्नेमा चहलपहल सुरु भएको हो ।
माधव नेपाल पहिले पनि गएकाले उनकै नेतृत्वमा टिम जानसक्ने सम्भावना छ ।



