🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पाथीभरा जाने क्रममा झापाका लोकप्रसाद पराजुली बेपत्ता

ताप्लेजुङ, २३ वैशाख (रासस) : पाथीभरा दर्शनका लागि जाने क्रममा झापाको अर्जुनधारा नगरपालिका-५ का लोकप्रसाद पराजुली बेपत्ता हुनुभएको छ । पाथीभरा क्षेत्रमा पर्ने माथिल्लो फेदीमा बास बसेर शुक्रबार बिहान भरियामार्फत मन्दिरतर्फ जाने क्रममा पराजुली बीच बाटोबाटै बेपत्ता हुनुभएको हो ।
 

भरियालाई पिसाब गर्न जाने भनेर निस्किनुभएका अन्दाजी ६० वर्षीय पराजुली नफर्किएपछि उहाँको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताउनुभयो ।

“भरियालाई पिसाब गर्न भनेर निस्किनुभएको रहेछ, निकै समय बितिसक्दा पनि नफर्किएपछि भरियाले यताउति खोजी गर्दा भेटेनन्, त्यसपछि प्रहरीलाई खबर भएको र हिजो बिहानैदेखि प्रहरीको टोलीसहित उहाँका आफन्त र स्थानीयद्वारा खोजतलास भइरहेको छ, मानसिकरूपमा त्यति स्वस्थ नभएको परिवारले बताएका छन्”, प्रहरी प्रमुख लिम्बूले भन्नुभयो ।

 
झापाबाट यही वैशाख १९ गते श्रीमती, छोरा-बुहारी, नातिनी र आफन्तसहित आएका पराजुली बुधबार बेलुकी माथिल्लो फेदीमा पुगेर होटलमा बास बस्नुभएको थियो । उहाँ हिँड्न नसक्ने भएपछि बिहान करिब ३ बजेपछि भरियामार्फत जानुभएको थियो भने अरु आफन्त हिँड्दै गएका प्रहरीले जनाएको छ ।
–––