🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अध्यागमनका मस्तराम लेखापाल चिन्नुस् 

काठमाडौं । नक्कली कागजातलाई सक्कली सरह मानी लाभ लिएर मानिसलाई विदेश पठाउने र फर्कंदा तिनै कागजात फेक पो रहेछन् भनी पक्रिएर शारीरिकदेखि आर्थिक शोषण समेत गर्ने कार्यमा नेपालको एयरपोर्टस्थित अध्यागमनका कर्मचारी बद्नाम छन् । सन्दर्भ त्यही अध्यागमन विभागमा कार्यरत लेखाका कर्मचारीको हो । जो निजामती सेवा नियमावलीको प्रावधान विपरीत एकै ठाउँमा लागतार ४ वर्षदेखि बसेर आर्थिक अपचलनदेखि युवतीका मामलामा समेत कीर्तिमान कायम गर्न सफल भएका छन् । आधा दर्जनभन्दा बढी महानिर्देशक फटाइसकेका लेखापाल भक्तनारायण श्रेष्ठले ४ वर्षे अध्यागमनको बसाइमा जोरपाटीमा साँढे ४ तले बंगला मात्र जोडेनन्, गाडी समेत खरिद गरिसकेको चर्चा उनकै सहकर्मीहरूले गर्ने गरेका छन् । 
 भोजपुरका सामान्य आर्थिक हैसियतका यिनले यो चार वर्षे अवधिमा गरेका आर्थिक अपचलनका विवरण मिहिन ढंगले अध्ययन गर्ने हो भने बंगला र गाडीको आर्थिक स्रोत खुल्ने अध्यागमन विभागका एक निर्देशक बताउँछन् । अध्यागमन विभागदेखि देशभरका अध्यागमन कार्यालय सञ्चालन, आवश्यक कार्यालयीय सामान खरिद, विभागबाट विभिन्न कार्यक्रममा गरिने खर्च नै यिनको कमाइको मुख्य स्रोत भएको विभाग स्रोतको दाबी छ । श्रेष्ठले विभागमा आउने लेखाअधिकृतलाई अनेक ढंगले बदनाम गर्ने र टिक्नै नदिने गरेका आरोप पनि छ । त्यहाँ आउने प्राय लेखाअधिकृतसँग उनले महालेखा नियन्त्रण कार्यालयका प्रशासन शाखाका सहसचिवसँगको प्रगाढ सम्बन्धको हवाला दिएर टक्कर लिने र अटेर गर्ने गरेका छन् । लेखाअधिकृत निरज केसीसँग त उनले झगडा नै गरी हैरान पारेका थिए ।   
 केसीको असमयमै सरुवा भएपछि अर्को लेखाअधिकृतलाई आउनै नदिई करीब एक वर्षसम्म त उनी एक्लैले विभागको लेखा प्रमुख भएर काम गरेका थिए । चारवर्षे अवधिमा यति धेरै आर्थिक सबलता हासिल गरेको देखेर उनीसँग निकट सम्बन्ध भएका लेखापालहरू नै आश्चर्य मान्ने गर्छन् । मलेनिकाको प्रशासनका सहसचिवलाई रिझाएर बस्ने भक्तनारायण श्रेष्ठले अध्यागमन विभागमा आउने प्राय महानिर्देशकदेखि निर्देशकहरूलाई समेत अटेर गर्ने र प्रचलित मूल्यभन्दा बढीका खरिदमा तथा खर्चमा हस्ताक्षर गर्न लगाउने गर्छन् । एक पूर्व महानिर्देशकले त लेखापाल श्रेष्ठका यस्ता क्रियाकलापदेखि दिक्क भएर उनको कार्यकक्षमा प्रवेशमै निषेध गरेका थिए । अहिले भएका लेखाअधिकृतलाई समेत उनले आफू ४ वर्षदेखि कार्यरत रहेको, सबै थाहा भएको आदि बताएर निरीह बनाएका बुझिएको छ । मुलुकभर रहेका अध्यागमन कार्यालयहरूमा बजेट निकासादेखि कतिपय कार्यालयीय सामान खरिदका काममा पनि श्रेष्ठले अतिरिक्त लाभ हासिल गर्ने गरेका बताइएको छ । विभागमा सञ्चालित चमेनागृह बिना टेण्डर दिइएको र यसका सञ्चालकसित पहिले नै मिलोमतो गरी मासिक रुपमा नै रकम बुझ्ने गरेका दुखेसो सञ्चालकले एक कर्मचारीसित गरेका छन् । शुरुमा कम नै दिएपनि हुन्छ भनेका श्रेष्ठल अहिले विक्रीभन्दा बढी रकम मासिक रुपमा पाउनुपर्ने दाबी गर्न थालेपछि चमेनागृह सञ्चालक हैरान बनेको खबर छ । 
 विभागमा आएको बजेटबाट अतिरिक्त कमाई गर्न सफल श्रेष्ठ महिलाका मामलामा पनि निकै सौखी रहेको चर्चा छ । जोरपाटीको पेट्रोल पम्प पछाडि घरपायक हुनेगरी उनले चावहिलमा एक विवाहित महिलालाई खर्च व्यहोरेर राखेको विभागका प्राय कर्मचारी चर्चा गर्दछन् । ती महिलाका श्रीमान् रोजगारीका लागि विदेशमा रहेका थाहा भएको छ । जनजाति थरकी ती महिला प्राय अध्यागमन विभागमा पनि झुल्किने गर्दछिन् । साँघुलाई ती महिलाको तस्विर पनि प्राप्त भएको छ । 
 श्रेष्ठलाई बुझ्ने उनी निकटका लेखापालहरू भने उनले महिलालाई खर्च व्यहोरेर राखेको नभई उल्टै वैदेशिक रोजगारीमा रहेका महिलाका श्रीमान्ले पठाएका पैसामा नै मोज गरेको हुनसक्ने बताउँछन् । अध्यागमन विभागकै एक निर्देशक भन्छन् दिनभर रंगीला कर्ममा व्यस्त रहने लेखापाल प्राय साँझ बिहान मात्र कार्यालयमा आइ काम गर्छन् । विभागकै अर्का कर्मचारीका अनुसार आफ्नै गाडी भएकाले साँझ घर फर्किंदा कार्यालयको खर्चबाट खरिद गरिएका सामान गाडीमा राखेर लैजाने गरेका छन् । 
 विभागमै रहँदा अनियमितता गरेको पाइएपछि अख्तियारले समेत फाइल लगी छानविन गरेका बेला लेखापाल श्रेष्ठले केही लाख खर्चिएर मिलाएको र यसपछि नै अख्तियार समेत मिलाएको भन्दै विभागलाई अकुत कमाइको स्रोत बनाएको स्रोतले उल्लेख गरेको छ । गत वर्ष विभागबाट सरुवा हुन लागेको र तत्कालीन मलेनिकाका एकजना सहसचिवलाई लाभ पु¥याएर बसेको पनि उनले आफन्तलाई बताउने गरेका छन् । मोवाइल लिंदा प्राय मानिसले घरको नम्बरसँग मिलाएर नम्बर लिन्छन् तर श्रेष्ठले भने अध्यागमन विभागको नम्बरसँग ५ अंक मिलाएर लिएका छन् । यसबाट पनि देखिन्छ कि उनी अझै पनि विभागमै बसेर कमाइको स्रोत गुमाउन चाहँदैनन् । तर, मलेनिका स्रोतले भने अब उनलाई त्यहाँबाट सरुवा गरिने बताएको छ ।