🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रचण्ड नेतृत्वकाे दस दलीय सरकारले हटायाे भ्रष्टाचारीलाई कारबाही गर्ने बुँदा, रास्वपाले समर्थन फिर्ता लिन सक्ने !

काठमाडौं, १७ बैशाख । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टचारीलाई कारबाही गर्ने बुँदा न्यूनतम नीति तथा कार्यक्रमवाट हटाएको खुलासा भएको छ ।

  नेकपा एमालेसहितको समर्थन रहेको बेला उल्लेख भएको भ्रष्टाचारीलाई कारबाही गर्ने बुँदा नेपाली कांग्रेस सरकारमा आए पछि हटाएको खुलेकाे भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिने सम्भावना बढेको छ ।

सो बारेमा निर्णय लिनका लागि रास्वपाले २०८० वैशाख १८ गते सोमवार केन्द्रीय तथा संसदीय दलको बैठक बोलाएको छ ।

‘सरकारले न्यूनतम् साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी विषय हटाएकाले हाम्रो गम्भीर आपत्ति छ । मतदाताले केही थान मान्छेलाई संसदमा पठाएको होइन । एजेन्डासहित पठाएको हो ।

अझ निर्मम हुनुपर्ने विषयलाई भएको कुरालाई पनि हटाएकोमा हाम्रो गम्भीर आपत्ति छ । त्यसैले यसमा गम्भीर समीक्षा गरेर मात्र अगाडि बढ्छौँ,’ २०८० वैशाख १५ गते शुक्रवार शपथ पछि रवि लामिछानेले भनेका थिए ।

यसैगरी, २०८० वैशाख १८ गते सोमवार बस्ने संसदीय दलको बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गर्दैछ, त्यसका लागि संसदीय दलका नेता डोलप्रसाद अर्यालले राजीनामा दिईसकेका छन्  ।