🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अन्तर्राष्ट्रिय करातेमा १६ स्वर्ण पदकसहित नेपाल प्रथम

रुपन्देही, १६ वैशाख (रासस) : एमजिके अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीपमा नेपालले १६ स्वर्ण पदक जित्दै प्रथम भएको छ ।

जापान गोजुरियो कराते डो मिसन सङ्घले रुपन्देहीको शङ्करपुरमा आयोजना गरेको दोस्रो संस्करणको एमजिके अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीपमा नेपालले २४ रजत र ३४ कास्य पदक प्राप्त गरेको छ ।

प्रतियोगितामा सात स्वर्ण, एक रजत र तीन कास्य पदकसहित भुटान दोस्रो भएको छ भने भारतले पाँच स्वर्ण, चार रजत र सात कास्य पदकमा चित्त बुझाएको छ ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिताको पहिलो दिन कुमुतेतर्फ गरी सात स्वर्णको छिनोफानो हुँदा नेपालले छ स्वर्ण पदक जितेको थियो । प्रतियोगिताको दोस्रो दिन नेपालले थप १० स्वर्ण पदक जितेको हो ।

प्रतियोगिताका विजेता खेलाडीलाई तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले पदक प्रदान गर्नुभएको थियो । उहाँले पछिल्लो समयमा नेपाली खेलाडी सबै खेलमा अब्बल हुँदै गएको बताउनुभयो ।

प्रतियोगितामा नेपाली खेलाडीले सानदार प्रस्तुति गर्दै देशको नाम राख्न सफल भएको कराते डो मिसन सङ्घका प्रमुख प्रशिक्षक काजी रानाले बताउनुभयो ।

प्रतियोगितामा पुरुष २५, २७, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६८ र ७५  केजीमुनि तौलसमूह तथा महिलाका लागि २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६१ र ६८ केजीमुनि तौल समूहमा र कातातर्फ महिला र पुरुष आठ र नौ वर्ष तथा १० देखि १३ वर्ष उमेर समूहमा प्रतिस्पर्धा भएको थियो ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी करिब दुई सय  सय खेलाडी सहभागी भएको आयोजक संस्था जापान गोजुरियो मिसन डो सङ्घले जनाएको छ ।