🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एसीसी प्रिमियम कप सेमिफाइनल : आज नेपाल-कुबेत तथा यूएई-ओमान भिडदै

काठमाडौं, १६ बैशाख । एसीसी प्रिमियम लिगको आज सेमिफाइनल खेल हुदैँछन । त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा आज हुने सेमिफाइनल खेलमा नेपाल कुवतेसँग भिडनेछ भने मुलपानी मैदानमा यूएई र ओमानबीच प्रतिस्पर्धा हुनेछन । 

नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समुह ‘ए’वाट बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बीका उपबिजेता कुबेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँग भिडन आइपुगेको हो । कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटवाट सेमिफाइनल पक्का गरेको हो । 

यसैगरी, मुलपानी मैदानमा हुने अर्को सेमिफाइनल खेलमा समूह 'ए' को उपविजेता ओमान र समूह 'बी' को विजेता यूएईबीच प्रतिस्पर्धा हुनेछ ।

यूएई ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ समुह ‘बि’ वाट बिजेता टोली बनेर सेमिफाइननलमा पुगेको हो भने ओमान ४ खेलमा ३ मा जित र १ हारका साथ ६ अंकका साथ समुह ‘ए’बाट दोस्रो स्थानमा रहेको टोली हो ।

दुवै सेमिफाइनल खेल ९ बजेवाट सुरु हुनेछ । जारी प्रतियोगितामा विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछन्  ।

मुलपानी मैदानमा पहिलो पटक ओडिआई मान्यता खेल हुदैँ

त्रिभुवन विश्वबिद्यालयको खेल मैदानले एकदिवसीय (ओडिआई) मान्यता प्राप्त गरेको तीनबर्ष पछि मुलपानी मैदानले पनि सो मान्यता प्राप्त गरेको छ । त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानले सन २०२० मा सो मान्यता पाएको थियो । सो मान्यतासँगै आज मुलपानी मैदानमा पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त सेमिफाइनल खेल हुनेछन् । 
 

 जारी एसिसी प्रिमियर कपको आज हुने ओमान र युएई बीचको सेमिफाइनल खेलसँगै मुलपानीमा पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुन लागेको हो । 

युएई ४ खेलमा ३ मा जित र १ हारसहित ६ अंकका साथ शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो भने ओमान ४ खेलमा ३ जित र १ हारका साथ ६ अंकका साथ समुह ए बाट उपबिजेता बन्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।

नेपाल क्रिकेट संघका अनुसार सेमिफाइनलमा पुगेका ओमान र युएई एकदिवसीय मान्यता प्राप्त देश भएकाले दुई बीच हुने खेललाई पनि एकदिवसीय मान्यता प्रदान हुने भएसँगै मुलपानी मैदानले ओआइडी मान्यता प्राप्त गरेको हो । 

यसअघि मुलपानीमा समूह चरणका १० खेलवटा खेल भए पनि कुनै पनि खेल एकदिवसीय मान्यता प्राप्त थिएनन्। तर शनिबार एकदिवसीय मान्यता प्राप्त दुई देश सेमिफाइनलमा भिड्ने भए सँगै मैदानले पनि एकदिवसीय मान्यता पाएको क्यानले जनाएको छ ।

मुलपानी मैदान एकदिवसीय मान्यता प्राप्त गर्ने नेपालको दोस्रो मैदान हो। यसअघि सन् २०२० मा त्रिवि मैदानले एकदिवसीय मान्यता पाएको थियो ।