🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फलामे छड बोकेको ट्याक्टरमा ठोक्किएर सैनिक जवानको मृत्यु

रौतहट १५ बैशाख। वीरगंज– कलैया सडकखण्डमा रड बोकेको ट्रयाक्टरको पछाडि ठोक्किदा एकजना सैनिक जवानको मृत्यु भएको छ । वीरगन्जबाट रड बोकेर रौतहटको देवाही गोनाही आउँदै गरेको ना ५ त ८२५० नम्बरको ट्याक्टरमा गएराति मोटसाइकल ठोक्किदा चालक सैनिक जवानको मृत्यु भएको हो ।  

चितवनबाट आफ्नो घर फर्किने क्रममा कलैया उपमहानगरपालिका– १६ का राजनकुमार रामले चलाएको मोटरसाइकल बाराको सिसहनीया चौक नजिकै करिब ९ बजे ठोक्किएको थियो । प्रहरीका अनुसार टयाक्टरमा ठोक्किएका सैनिक जवान रामको शरीर भरि रड छिरेको छ । उनी चितवनस्थित नेपाली सेनाको ब्यारेकमा कार्यरत रहेको खुल्न आएको छ ।

सो घटना पछि मृतकलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल, कलैया पठाईएको तथा ट्याक्टर चालक रौतहट देवाहि गोनाही– ६ टिकुलियाका ३० वर्षिय रमेश तिवारीलाई नियन्त्रणमा लिईएको छ ।
\"\"