🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ग्राहकलाई व्यवसायीक बनाउन निर्धनको पन्छी तालिम

भैरहवा । निर्धन उत्थान तथा लघुवित्त वित्तिय संस्थाले पन्छी पालन गर्दै आएका ग्राहक सदस्यलाई व्यवसायीक तालिम प्रदान गरेको छ । संस्थाको भैरहवा शाखाअन्तर्गत सञ्चालित केन्द्र र समूहबाट छनोट गरी पन्छी पालन गरिरहेको ३० जना ग्राहकको स्तर उकास्दै व्यवसायीक बनाउनका लागि तीन दिने व्यवसायिक पन्छी पालन तथा पुनरताजगी तालिम दिइएको हो । 

निर्धन नक्साल काठमाडौंको आयोजना र संस्थाको संयोजनमा भएको तालिममा घरेलु तथा सामान्य रुपमा पालन गर्दै आएका सदस्यलाई मध्यम उद्यमी बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको भैरहवा शाखा प्रमुख लेखनाथ काफ्लेले बताए । शाखा अन्तर्गत दुई हजार बढी सदस्य रहे पनि पन्छी पालन गरी व्यवसाय गर्दै आएका सदस्य मध्ये ३० जनालाई गुणस्तर वृद्धिका साथै व्यवसायीक निखार ल्याउन  तालिम प्रदान गरिएको काफ्लेको भनाइ छ ।

\"\"

संस्थाले सोही अवसर पारेर नियमित रुपमा वर्षिक गर्दै आएको ग्राहक सदस्यका छोरा छोरी सम्मानअन्तर्गत यस शाखाबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याउन सफल प्रिति विश्वकर्मा र आकाश चौधरीलाई समेत नगदसहित सम्मान गरेको छ ।