🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आन्ध्र प्रदेशमा बन्यो समान्थाको मन्दिर

मुम्बई । साउथ अभिनेत्री नयनतारा पछि अब आन्ध्र प्रदेशमा एक फ्यानले अर्की अभिनेत्री समान्था रुथ प्रभुको मन्दिर बनाएका छन् ।

साउथ फिल्ममा कुनै पनि फ्यानले आफ्नो मनपर्ने कलाकारको मन्दिर निर्माण गर्ने पुरानै परम्परा हो । नयनतारा, हंसिका मोटवानी र नमितापछि अब भने समान्थाको मन्दिर बनेको हो ।

सामन्था ‘द फेमिली मेन २’ र ‘पुष्पा’का कारण लोकप्रिय छिन् । उनको आन्ध्र प्रदेशको बापाटलास्थित अल्लपाडु गाउँमा एक मन्दिर बनेको छ । समान्थाका फ्यान तेनाली सन्दिपले मन्दिर बनाएका हुन् । मन्दिर २८ अप्रिलमा खुल्नेछ ।

रोचक कुरा के छ भने ती फ्यानले अहिलेसम्म समान्थालाई भेट्ने मौका पाएका छैनन् । तेनालीले आफू समान्थाको फिल्ममात्र नभई उनको च्यारिटी कामबाट पनि प्रभावित भएको बताएका छन् ।

समान्था प्रत्युषा फाउण्डेसनमार्फत सामाजिक काम गर्छिन । उनको मन्दिर बनेको विषयमा समान्था र उनको टिमले कुनै प्रतिक्रिया दिएको छैन ।