🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अमेरिकी डलरकाे भाउ घट्दा युराेकाे बढ्याे

काठमाडौं, १४ वैशाख । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ  । 

अमेरिकी डलरको भाउ २४ पैसाले घटेको छ । बिहीबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५३ पैसा र बिक्रीदर १३१ रुपैयाँ १३ पैसा कायम गरिएको छ । यसअघि बुधबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ७७ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ३७ पैसा कायम गरिएको थियो । 

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरोपियन युरो १२ पैसाले बढेको छ । बिहीबार युरो एकको खरिददर १४४ रुपैयाँ १९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । बुधबार युरो एकको खरिदमूल्य १४४ रुपैयाँ ७ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ७३ पैसा कायम गरिएको थियो ।  

बिहीबार बेलायती पाउण्ड स्टर्लिङ बढेको छ । यसको खरिददर १६३ रुपैयाँ १ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७६ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३२ पैसाले बढेको हो । बुधबार यसको खरिदमूल्य १६२ रुपैयाँ ७१ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ४६ पैसामा कारोबार भएको थियो । 

त्यसैगरी, बिहीबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८६ रुपैयाँ १८ पैसा र बिक्रीमा ८६ रुपैयाँ ५७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ९६ रुपैयाँ २० पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८९ पैसा कायम गरिएको छ । 

बिहीबार यूएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३४ रुपैयाँ ९६ पैसा कायम गरिएको छ । बिहीबार मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसामा पाइनेछ । 

उता, कुवेती दिनार एकको खरिदमा बिहीबार ४२६ रुपैयाँ २२ पैसा र बिक्रीमा ४२८ रुपैयाँ १८ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ २४ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ८३ पैसा तोकिएको छ ।